Ad #144479

६ चैत्र, काठमाण्डौ। शुक्रबार बिहान काठमाण्डौको दक्षिणकाली नगरपालिकाको खहरेमा भेटिएको दुई युवाको शवको पहिचान खुलेको छ ।उनीहरु विद्यार्थीको भएको प्रहरीले जनाएको छ ।

उनीहरु काभ्रेका मङ्गल तामाङ र नुवाकोटका अर्जुन खड्का भएको नेपाल प्रहरीले जनाएको छ । उनीहरु दुवै जना साथीसाथी हुन् । दुवै जना काठमाण्डौको बाङ्गेमुडामा बस्दै आएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका अनुसार अर्जुन खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा अध्ययन गर्दथ्ये भने मंगल तामाङ क्षेत्रपाटीस्थित जीपी स्कुलमा कक्षा १० मा अध्ययनरत थिए । खड्का १६ वर्षीय हुन् भने मंगल १८ वर्षका रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको शबलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरले हेरिरहेका छन् । बिहान खहरेस्थित जंगलमा शव भेटिएपछि तालिम प्राप्त कुकुरलाई अनुसन्धानका लागि प्रयोग गरिएको थियो ।