पछिलो समयमा युवापुस्ता मोटोपनको शिकारबाट चिन्तित छन् । हरेक व्यक्तिहरु मोटोपनको शिकार भएका छन् । दैनिक खानपान, स्वस्थकर खाना र व्यायाम जस्ता कुराहरुले शरीरलाई फिट राख्छ । तर, यस्ता कुराहरुमा ध्यान दिएन भने विभिन्न प्रकारका रोग लाग्न सक्छ, साथै स्वास्थ्यसम्बन्धी समस्या देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मोटोपनले १० अन्य रोगहरुको खतरा निम्त्याउँछ । यसले रगतमा चिनिको मात्रा बढाउँछ । त्यसैले मोटोपन नियन्त्रण गर्नका लागि सही खाना अत्यन्त आवश्यक छ ।
पालुंगो :
यो तौल कम गर्न मात्र होइन यसमा भारी मात्रामा पोषक तत्व पनि पाइन्छ । यसमा फाइबर भरपुर हुन्छ । यसले फ्याट कम गर्छ । यसलाई सलादको रुपमा र सुप बनाएर पनि खान सकिन्छ ।
मटरकोसा :
तौल कम गर्नका लागि मोटरकोसा प्रयोग गर्नु राम्रो हुन्छ । यसमा फाइबरको मात्रा अत्याधिक मात्रामा हुने भएकोले यसको सेवन गर्न उपयुक्त हुन्छ । यसलाई सुप, तरकारी र नमकिनको रुपमा पनि खान सकिन्छ । मटरकोसा काँचै खान पनि सकिन्छ ।
मुला र गाजर :
तौल कम गर्नका लागि यी दुबै उपयोगी खाना हो । यसबाट छिटो भोक लाग्ने समस्या पनि हुँदैन । मुला र गाजरलाई सलादको रुपमा प्रयोग गर्न पनि सकिन्छ । साथै गाजरको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै यसमा भएको क्याराटिन र भिटामिन ए ले तौल कम गर्छ ।
चुकन्दर :
यसको सलाद धेरै खाँदा क्यालोरी कम हुनुका साथै शरीर फिट रहन पनि मद्धत गर्छ । यसमा फाइबर भिटामिन र मिनेरल पाइन्छ । यसको सेवन गर्नाले मोटोपनबाट पनि छुट्कारा पाउन सकिन्छ ।











