केशले सौन्दर्य बढाउँछ । लामो, बाक्लो, चम्किलो, बलियो र स्वस्थ केश सबैको रोजाइ हो । तर चाहना हुँदाहुँदै सबैको केश स्वस्थ हुँदैन । केश झर्नु, रुखो हुनु, हाँगा फाट्नु, चायाँ पर्नु आम समस्या हो । गर्मीमा तैलीय ग्रन्थि धेरै सक्रिय हुने भएकाले केश चिल्लो हुन्छ । चिलो केश भएकाहरुलाई गर्मीमा समस्या देखिन सक्छ । चिल्लो केशका कारण चायाँ पर्ने, केश झर्ने, कमजोर हुने जस्ता समस्याहरु आउँछन् । चिल्लो केशको गम्भिर समस्या भनेको अनुहारमा डन्डिफोर आउनु पनि हो । धेरै चिल्लो केश, रसायनको प्रयोग गरिएको केश धेरै सुख्खा र ड्यामेज हुन्छ । चिल्लो केशको सही हेरचाह गरिएन भने धेरै समस्या देखिन सकिन्छ ।
केश बिग्रने कारण ?
केशलाई राम्रो बनाउन प्रयोग गरिने रसायनयुक्त उत्पादन नै केश बिगार्ने मुख्य कारण हो । कम प्रोटिन भएको खानाले केश कमजोर हुन्छ । हिटको बढि प्रयोग, धेरै ड्रायरको प्रयोग, धेरै आइरन गरेमा पनि केश बिग्रन्छ ।
केश चम्किलो, मुलायम र बलियो बनाउने उपाय :
– दहीले केशमा मसाज गरेपछि स्याम्पु गर्ने ।
– गुलाब जललाई कपासमा लिँदै केशको जरामा लगाउनाले तेल कम हुन्छ ।
– दुई वटा केरा, दुईवटा अण्डा, तीन चम्चा मह र जैतुनको तेल मिसाएर स्काल्पमा लगाउने र दुई घण्टापछि स्याम्पु गर्नुपर्छ ।
– अण्डामा जैतुनको तेल मिलाएर केशमा लगाउनुका साथै स्याम्पु गर्नुपर्छ । यसले केश झर्न समस्याबाट छुट्कारा मिल्छ ।
– हाँगा फाट्ने समस्या भए एक चम्चा बदामको तेलमा एउटा अण्डाको सेतो भाग मिसाएर केशको जरामा लगाउने र एक घण्टापछि पखाल्नुपर्छ ।
– कागतीको रसमा नरिवलको तेल मिसाएर मसाज गरी आधा घण्टाजति छोड्नुपर्छ, यसले केशलाई चम्किलो र बलियो बनाउँछ ।
– दूध र मह बराबर मात्रामा मिसाएर केशको मसाज गरी आधा घण्टा पछि स्याम्पु गर्नुपर्छ ।
– अण्डाको सेतो भागमा कागतीको रस केही थोपा मिसाएर चिसै केशमा लगाएर केहीबेरपछि पखाल्नुपर्छ । यसले चिल्लो केशबाट छुट्कारा मिल्छ ।
– घीउ कुमारीको बिचको भागमा भएको तरल पदार्थ निकाली केशमा लगाएर केहीबेर राखेपछि पखाल्नुपर्छ ।











