लगातार दुई दिन स्थिर रहेको सुनको मूल्यमा आज ३०० रूपैयाँले वृद्धि

४ चैत्र, काठमाण्डौ। नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार र मंगलबार लगातार दुई दिन स्थिर रहेको सुनको मूल्य आज ३०० रूपैयाँले बृद्धि भएको हो ।

आज ‍छापावाला सुन प्रतितोला ८६ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि आज ८६ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने आज घटेको छ । चाँदी आज प्रतितोला १० रूपैयाँ घटेर १२७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

[sidebar name="button post"]