मुलपानीमा मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

४ चैत्र, काठमाण्डौ। काठमाण्डौको कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानीमा मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डौ महानगरपालिका-६ घर भई चाँगुनारायण बस्ने २७ वर्षीय सुरज कुईंकेल रहेका छन ।

मिनी ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका कुईंकेलको नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा उपचारको क्रममा मंगलबार साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुलपानि भक्तपुर सडकखण्डमा बा५ख १८२ नम्बरको मिनी ट्रकले प्रदेश ३-०२-०१२ प ५८४२ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएको थियो ।

महानगरीय प्रहरी वृत्त बौद्धले ठक्कर दिने ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

[sidebar name="button post"]