Ad #144479

तरकारी पकाउन तथा सलाद बनाउनका लागि विशेष गरि फर्सी प्रयोग गर्ने गरिन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन ए, फलाम, फाइबर लगायत विभिन्न पौष्टिक तत्वहरु पाउन सकिन्छ । यसको नियमित सेवनले शरीरलाई स्वस्थ राख्नमा लाभदायी हुन्छ ।

यस्ता छन् यसका फाइदाहरु

१. फर्सीको नियमित सेवनले शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्न मद्धत गर्छ ।

२. फर्सीमा प्रशस्त मात्रामा भिटामिन ए हुने भएकोले यसको नियमित सेवनले आँखालाई तेजिलो बनाउँछ ।

३. फर्सीमा भिटामिन, पोटासियम तथा म्याग्नेसियम हुन्छ, जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा सहयोग गर्छ ।

४. यसको सेवनले बढी तौल भएका व्यक्तिहरु तथा मोटोपन नियन्त्रण गर्न मद्धत गर्छ ।

५. फर्सीको नियमित सेवनले मुटुलाई स्वस्थ राख्नुका साथै ब्लड सुगरको लेभललाई सन्तुलित बनाउन मद्धत गर्छ ।

६. रातिमा निन्द्रा नलाग्ने तथा निन्द्रा कम लाग्ने व्यक्तिहरुलाई निन्द्रा लगाउनमा मद्धत गर्छ । साथै यसको फल मात्र नभएर साग तथा दाना पनि खानमा उपयोगी हुन्छ ।