– महाशिवरात्रिका दिन बिहान सबेरै उठ्नु पर्छ । यस दिन अबेरसम्म सुत्नेसँग शिव रिसाउछन् । साथै स्नान नगरी कुनै बस्तु सेवन गर्नु हुँदैन ।
– शिवरात्रिका दिन कालो रंगको कपडा लगाउनु अशुभ मानिन्छ । त्यसैले आजको दिन कालो रंगको कपडा नलगाउनु राम्रो मानिन्छ । आज कालो कपडा लगाउनुबाट जोगिनु उत्तम हुन्छ ।
– भगवान शिवलाई भुलेर पनि चम्पा र केतकीको फूल चढाउनु हुँदैन । किन कि भगवान शिवले यी फूललाई सराप दिएका छन् ।
– शिवको पूजामा भुलेर पनि काटिएको चामल (कनिका) चढाउनु हुँदैन । अक्षता भन्नाले सग्लो चामललाई बुझिन्छ । शिवका लागि अक्षता बनाउँदा वा चढाउँदा चामल सग्लो छ कि छैन भन्ने ख्याल गर्नुपर्छ ।
– शिवलिंगमा अभिषेक गर्दा पनि ध्यान पुर्याउनु पर्छ । अभिषेक गर्ने बस्तु सुन, चाँदी वा कासबाट बनेको हुनु पर्छ । अभिषेकका लागि प्रयोग गरिने भाडो प्लास्टिकको हुनु हुँदैन ।
– भगवान शिवलाई सबै प्रकारका फल मन पर्छन् । तर पनि शिवरात्रिको दिन उनलाई चढाउने फलमा पनि ध्यान दिनु पर्छ । शिवरात्रिका दिन फल बेल र फूलका रुपमा बेलपत्र चढाउन उत्तम मानिन्छ ।
– शिवलाई चढाएको प्रसादका बारेमा पनि ध्यान राख्नु पर्छ । शिवलिंगमा चढाएको प्रसाद ग्रहण गर्नु हुँदैन । किन कि यो ग्रहण गर्दा दुर्भाग्य आउँछ भन्ने गरिन्छ । त्यसैले शिवलिंगमा चढाएको प्रसाद ग्रहण नगुर्न नै राम्रो हुन्छ ।
– शिवरात्रिका दिन खाने कुरामा पनि ध्यान पुर्याउनु पर्छ । चामल, गहुँको सेवन नगर्नु राम्रो हुन्छ । यसको सट्टा फलफूल, दुध, चिया, कफीको प्रयोग गर्न सकिन्छ ।
– शिवलिंगमा तुतसीको पात चढाउँनु हुँदैन । दुध चढाउँदा पनि ख्याल गर्नु पर्छ । पोकाको दुध चढाउनु राम्रो मानिदैन । चिसो दुध अर्थात् नताएको दुध चढाउनु पर्छ ।
– शिवरात्रिको अवसरमा राति जाग्राम बस्नु राम्रो मानिन्छ । यसको महत्त्व पनि छ । जसका कारण भजनकृतन गर्ने पनि गरिन्छ । रातभर शिव भजन र आरती गर्दा शिव खुसी हुन्छन् भन्ने धार्मिक मान्यता छ ।











