Ad #144479

२७ फागुन, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली भई देशका अरु क्षेत्रमा भने सामान्यतया सफा रहने जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रमा मौसम बदली भएको हो ।

अहिले पहाडी भू–भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा छ । बिहीबार दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । अपरान्ह पश्चात पहाडी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ ।

त्यस्तै राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामन्य बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।