सास गन्हाउने मान्छेलाई धेरै जसो सामाजिक क्षेत्रमा लजाउनुपर्ने बाध्यता हुन्छ । स्वास गन्हाउने अकसर मुखको एक ब्यक्टेरियाबाट हुने गर्छ । यसबाट छुटकारा पाउन यस्ता उपाए अपनाउनुहोस्।
यी चीजहरु खानु पर्छ :
जाडो मौसममा चिया र कफी धेरै पिउने गरिन्छ । त्यसैले ओरल हाइजिन भैरहोस् भन्नाका लागि सुन्तला, गाजर, ज्वानो आदि खानु पर्छ । यसले तपाईंको पेट सफा हुन्छ र मुखबाट दुर्गन्ध पनि निस्कदैन ।
दिनमा दुई पटक ब्रस गर्नु पर्छ :
तपाइँले विहान उठेपछि र राती सुत्नु अगाडि ब्रस गर्नु आवश्यक हुन्छ । यसरी दिनमा दुईपटक ब्रस गर्नाले सासको दुर्गन्ध हराउनुका साथै मुखको स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ। तपाइँ विहानको ब्रेकफास्टपछि पनि ब्रश गर्न सक्नु हुन्छ । त्यसो गर्दा धेरै समयसम्म मुख सफा रहन्छ र स्वासबाट खानाको बास्ना पनि आउँदैन ।
डाक्टर कहाँ जाने समय :
आफ्नो स्वासलाई ताजा बनाइराख्नका लागि नियमित समयमा डाक्टरसँग दाँत जँचाइरहनु आवश्यक छ । मुखसँग सम्बन्धित समस्याहरु र स्वासको दुर्गन्धको प्रमुख कारण नै तपाइँको खानपानका हुन् ।











