Ad #144479

दुनियाँमा कि त सिम्पलको चर्चा हुन्छ कि त डिम्पलको । तर आज यहाँ हामी सिम्पलको कुरा नगरी डिम्पलको चर्चा गर्नेछौँ । हाँसेको समयमा केही व्यक्तिको गालामा प्वाल पर्छ जसलाई डिम्पल भनिन्छ ।

डिम्पल परेको गालाले सुनमा सुगन्ध थप्छ । र यसले मुस्कुराहटलाई अझ तेजीलो बनाउँदछ । डिम्पल मन नपराउने मान्छे सायदै कम होलान् । शास्त्र र पुराणले डिम्पलको बारेमा आ-आफ्ना तर्क दिएका छन् ।

व‌िष्‍णु पुराणका अनुसार हाँसेको समयमा जुन केटीको गालामा प्वाल पर्छ त्यसको बैवाहिक जीवन सुखमय हुन्छ । पति पत्नि बीच सुमधुर सम्बन्ध कायम हुन्छ । तर केटीको ससुराली घरमा डिम्पललाई भने राम्रो मान्दैनन्।

पुराणका अनुसार डिम्पल भएकी महिलाकी सासु हुदीनन् भने धारणा राखिएको छ। यदि सासु भइ हालिन् भने पनि उनलाई धेरै दिन सुख मिल्दैन भनिएको छ ।

ज्योत‌िषशास्‍त्रका अनुसार गालामा डिम्पल पर्नु जन्मने समयमा शुक्रको मजबुत स्थितिका कारण हो भन्ने मानिन्छ ।

शुक्र प्रेम र यौनको कारक ग्रह हो । त्यसैले यस्ता केटीमा कामभाव बढी हुन्छ । यस्ता केटी बढी सुखि हुन्छन् र डिम्पल भएका केटीको प्रेम सम्बन्ध धेरै मानिससँग रहने ठानिन्छ।