निमको स्वाद तितो हुन्छ । यसमा क्याल्सियम, आइरन, एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल तत्वहरु पाइन्छन् । निम जुस बिशेष गरी मोटा व्यक्तिहरुका लागि फाइदाजनक हुन्छ । साथै यसले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ । निम जुसलाई घरमै पनि बनाउन सकिन्छ । मोटोपनका कारणले चिन्तामा रहेका व्यक्तिहरुका लागि निम जुस पिउने गर्नाले तौल कम गराउँन सहयोग मिल्छ ।
निम जुस बनाउनका लागि आवश्यक सामाग्रीहरु :
निमको पातः २५० ग्राम
पानी : १ लिटर
कागतीको रस : स्वाद अनुसार
विधिः
– निमको पात सफा गरेर रातभर भिजाउने,
– भिजाएको निमको पात पिस्ने,
– तयार भएको पेस्टमा १ लिटर पानी र कागतीको रस मिसाएर छान्ने र बोतलमा राख्ने
– उक्त जुस २ देखि ३ दिनसम्म पिउन सकिन्छ ।
निमका अन्य फाइदाहरुः
– नियमित रुपमा निमको जुस सेवन गर्दा स्वस्थ्यका लागि राम्रो हुन्छ ।
– क्यान्सरजस्ता रोगबाट पनि बच्न सकिन्छ ।
– हरेक दिन निमको जुसले कम्मर, पेट जस्ता अङ्गमा बोसो पगाल्न मद्धत गर्छ ।
– यसको सेवनले कमजोरी हराउँछ र फ्रेस बनाउँछ ।
– एन्टि ब्याक्टेरियल, एन्टिभाइरल जस्ता गुण पाइने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
– यसले रक्तसञ्चार सन्तुलनमा ल्याउँनुका साथै रगत पनि सफा गराउँछ ।
– निम जुसको सेवनले अनुहारमा भएको दाग, चाँयापोतो, चाउरीपन र डार्क सर्कल पनि कम गराउँछ ।
– यसको पात क्याल्सियम र आइरनको मुख्य स्रोत भएकाले मांसपेशी र हड्डीहरु मजबुत बनाउँछ ।
– दाँतको दुखाई कम गर्न पनि निमको जुस फाइदाजनक हुन्छ ।











