आजभोली गर्मी शुरु हुन थाले सँगै तपाईहरुले आफ्नो खानपानमा पनि परिवर्तन गर्नुपर्ने हुन्छ । गर्मीमा खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा असर पर्छ । यस्ता सानोतिनो लापरवाहीले पनि बिरामी बनाईदिन्छ । त्यसैले आज हामी यहाँ केही खानेकुराहरुको सल्लाह दिँदैछौ ।
गोलभेंडाः
गोलभेडामा एन्टीअक्सिडेन्ट र भिटामिन सी भरपूर पाइन्छ । यसमा लाइकोपीन जस्ता फाइटोकेमीकल पनि हुन्छ जसले क्यान्सर जस्ता रोग पनि लाग्न दिँदैन ।
रामतोरीयाः
गर्मीमा रामतोरीया सेवन गर्नुहोस् । यसमा भएका फाइबरले मुटुलाई स्वस्थ राख्छ । यसले कोलेस्ट्रोल पनि घटाउँछ ।
दहीः
प्रोटिनले भरिपूर्ण दही गर्मीमा तपाइँलाई ठन्डा राख्छ । यो खाएपछि धेरै बेरसम्म केही खानेकुरा खानु पर्दैन, भोक पनि कम लाग्छ । यसको प्रोबायोटिक्सले पाचनतन्त्रलाई सही राख्छ ।
खरबुजाः
खरबुजा गर्मी मौसममा खान एकदमै उत्तम हुन्छ। जसले शरीरलाई ठन्डा राख्न र डिहाइड्रेसन हटाउन मद्धत गर्छ । खरबुजामा पानी व्यापक मात्रामा हुन्छ र छिटो भोक लाग्नबाट पनि बचाउँछ । यसको लाइकोपीनले छालालाई घामबाट हुने हानिबाट पनि जोगाउँछ ।
ब्ल्याकबेरी :
बेरीहरु फाइबरको राम्रो स्रोत हुन् । यसमा भिटामिन सी भरपूर हुन्छ । एक कप बेरीमा आठ ग्राम फाइबर हुन्छ ।
स्याउ, नासपातीः
यी दुबै फलमा फाइबर भरपूर्ण हुन्छ । यसलाई खानुभन्दा पहिला मज्जाले धुनुुुस् र नताछिकन बोक्रैसमेत खाँदा बढी पोषक तत्व पाइन्छ ।
ग्रीन टीः
गर्मीमा ग्रीन टी खान उचित हुन्छ। यसले शरीरलाई पनि राम्रो गर्छ । यसले क्यान्सरसँग लड्न, मुटुरोगको जोखिम घटाउन, कोलेस्ट्रोल घटाउन र मेटाबोलिजमलाई सही राख्र मद्धत गर्छ । ग्रीन टी गर्मीमा मात्र नभइ दिनँहु पिउँदा पनि राम्रो हुन्छ।
ड्राइ फ्रुट्स :
गर्मी मौसममा बदाम, काजु र छोकडा खानु पनि उचित मानिन्छ। यिनीहरुमा मोनोअनस्याचुरेटेड र पोली अनस्याचुरेटेड फ्याट हुन्छ । यसले कोलेस्ट्रोल घटाउन मद्धत गर्छ ।











