Ad #144479

पृथ्वीमा जन्म लिएपछि मानिसको अवश्य मृत्यु हुन्छ । सबैलाई शरीर छोडेर एक न एक दिन त परलोक जानै पर्छ । धर्म ग्रन्थहरुमा हाम्रो शरीरको मात्र नभएर मृत्यु अनि मृत्युपछि आत्म भने अमर हुने कुरा पनि उल्लेख गरिएको छ।

गुराण पुराणअनुसार मानिसको मृत्यु हुनु अघि देखिने ९ लक्षणबारे यसरी चर्चा गरिएको छ ।

१. कुनै व्यक्तिको पानीमा वा तेलमा छायाँ देखिन छोड्छ वा मधुरो देखिन थाल्यो भने यो मृत्यु निकट भएको संकेत हो । छायाँ हराउन थालेपछि मृत्यु निकट भएको बुझ्नु पर्छ ।

२. जीवनमा गरिएका राम्रा र नराम्रा कर्म अनुसार मृत्यु नजिक भएपछि मानिसको आँखामा त्यस्ता कुरा घुम्ने गर्छन् । फिल्ममा पुराना कुरा देखाइएको जस्तै जीवनका राम्रा र नराम्रा कर्म आँखा अगाडी आउँछन् ।

३. मृत्यु निकट भएपछि मानिसको आँखामा ज्योति कम हुँदै जान्छ । नजिक बसेका व्यक्ति पनि देखिन छोडे वा चिनिन छोडे भने पनि मृत्यु निकट आएको बुझिन्छ ।

४. गरुण पुराणका अनुसार जीवनका सबै घटना अर्थात कर्म आफ्नो साथमा लिएर आत्माले शरीर त्याग गरिदिन्छ । अभौतिक शरीरलाई आफूले गरेका खराब कर्मको प्रयाश्चित गर्न यमराजको ढोकामा उपस्थित गराइन्छ ।

५. गरुण पुराणका अनुसार मृत्युको घडी नजिकिएपछि यमराजका दुत मृत्यु हुने व्यक्तिको नजिक देखिन्छन् । मृत्यु हुन लागेका व्यक्तिले मात्र यस्ता भयंकर जीवको दृष्य देख्छन् ।

६. पाप कर्म धेरै गरेका व्यक्तिका अगाडी डरलाग्दा यमदुतहरु देखिन्छन् । यस्ता व्यक्ति मृत्यु हुने समयमा डराएको देखिन्छ ।

७. शरीर त्याग गर्ने समयमा मानिसको आवाज हराउँछ । बोल्न खोजे पनि बोली आउँदैन । कसैले घाँटी च्याँपे जस्तो आवाज आउँछ ।

८. जसको कर्म निक्कै राम्रो छ उसको आँखामा मृत्यु हुनु अघि प्रकाश देखिन्छ । यस्ता व्यक्ति मृत्युको समयमा निश्चित देखिन्छन् ।

९. उक्त पुराणका अनुसार मृत्युपछि पापी मनुष्यलाई २४ घण्टामा यमदूतले वायुमार्गबाट यमलोकमा पुर्‍याउँछन् र यमराजले कर्म अनुसार नर्कमा सजाय सुनाउँछन् ।