Ad #144479

शाहाकारी मानिसहरुले मानिसहरु अण्डालाई मांशाहारी मानेर यसको सेवन गर्दैनन् । उनीहरु भन्छन् कि अण्डा कुखुराले उत्पादन गर्छ, त्यसैले अण्डा नन-भेज पनि हो ।

तर यदी यस्तै कुरालाई सत्य मान्ने हो भने दूध पनि जनवरबाटै उत्पादन हुन्छ, के त्यसो भए दुध पनि ननभेज हो त ? यदी तपाइँलाई पनि यस्तै लाग्छ भने फेरी अर्को तर्क आउँछ कि अण्डाबाट बच्चा निस्कन्छ, तर सबै अण्डाबाट बच्चा उत्पादन हुँदैन ।

बजारमा पाइने धेरैजसो अण्डा अनफर्टिलाइज्ड हुन्छ । जुन अण्डाबाट बच्चा उत्पादन हुँदैन । अण्डाबाट त्यतिकै बच्चा उत्पादन हुँदैन । अण्डाबाट बच्चा उत्पादन हुनको लागि केहि चरणहरु पार गर्नुपर्ने हुन्छ । जस्तो कि गाउँ-घरमा कुखुराले अण्डा पाएपछी त्यो अण्डालाई त्यतिकै राख्दा बच्चा जन्मदैन ।

त्यसको लागि कुखुरा कोराल्नु (अण्डालाई छोपेर बस्नु) पर्छ । विभिन्न कारणहरु देखाई अण्डा मांशहारी नभएको वैज्ञानिकहरुले दावी गरेका छन् । बिज्ञानको माध्यमबाट यस बिषयको जवाफ दिँदै वैज्ञानिकहरु भन्छन् – ‘अण्डा शाकाहारी हुन्छ ।’