२२ फागुन, काठमाण्डौ। शनिबार मुलुकका पहाडी तथा हिमाली भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
काठमाण्डौको आज बिहानको न्यूनतम् तापक्रम ९ डिग्री सेल्सियस छ भने दिउँसोको अधिकतम् तापक्रम २४ देखि २६ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ। आज बिहान सूर्योदय ६ बजेर २३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ७ मिनेटमा हुनेछ ।











