२० फागुन, काठमाण्डौ। बिहीबार पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भइ अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडी क्षेत्रमा मौसम बदली हुने देखिएको हो। अहिले प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ। अरु प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।
त्यस्तै राति पनि पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।












