जब बच्चा रुन थाल्छ, आमाबुबालाई पो पिरलो । कसरी फकाउने ? मोबाइल खेलाउन दिने कि, बोकेर घुमाउने कि, कथा सुनाउने ?
हामी जो कोहि पनि सकेसम्म बच्चालाई हाँसीखुसी राख्न खोज्छौं । हामीलाई बच्चा रोएको मन पर्दैन । उनीहरु रुँदा हामीलाई पिर लाग्छ, झर्को लाग्छ ।
साना बच्चाहरु अक्सर रोइरहन्छ ।यद्यपी बच्चा रुनु सामन्य कुरा हो । बच्चा रुनु उनीहरुको भाषा हो, जसको माध्यमबाट उनीहरु आफ्नो कुरा व्यक्त गरिरहेका हुन्छन् ।
हामीलाई लाग्छ कि, बच्चा रुनु भनेको राम्रो संकेत होइन, उसलाई केहि समस्या हुनसक्छ । तर, कहिले कहीं तपाईंको ध्यान आकर्षित गर्नका लागि पनि रोइ दिनछन् । त्यससँगै बच्चा रुनु आफैंमा नराम्रो होइन ।
बच्चा रुनुका केहि फाइदा यस्ता छन् :
श्वासप्रश्वासका लागि : जब बच्चा जन्मन्छ, रुन्छ । यदि रोएन भने उसलाई रुँवाइन्छ । किनभने जन्मनसाथ जब बच्चा रुँन्छ, उसको फोक्सोमा हावा भरिन्छ । र, त्यो श्वास लिन योग्य हुन्छ ।
संचार : सानो बच्चा बोल्न सक्दैनन् । हात, आँखाको हाउभाउबाट पनि आफ्नो कुरा प्रकट गर्न सक्दैनन् । त्यसैले उनीहरु केहि कुरा गर्नुछ भने, रोएर त्यसको संकेत गर्छन् । बच्चा रोएको संकेत बुझेर उसको आमाले त्यही अनुसार काम गरिदिनुपर्छ । कहिले कहीं उसले आमाको न्यानो छातीमा लुटपुटिनका लागि पनि रोइदिन्छ ।
शान्त हुनु खतरनाक : हामी जो कोहि पनि बच्चा शान्त होस् भन्ने चाहन्छौं । चुपचाप बसोस् । दुख नदियोस् । तर, यदि बच्चा एकदम शान्त रहन्छ भने यो राम्रो संकेत होइन । यस्तो बच्चा एबनर्मल हुनसक्छ ।
वर्कआउट : हामीलाई थाहा नहुन सक्छ, तर बच्चा रुनु एक प्रकारको वर्कआउट हो । जब बच्चा रुन्छ, उसको मांसपेशी मजबुद हुन्छ र उसको शरीरको लागि एक प्रकारको वर्कआउट हुन्छ ।
मन हल्का : जब बच्चा रोइसक्छ, उसले हल्का महसुष गर्छ । किनभने रोएको बेला उसको इमोशन्स रिलिज हुन्छ र उसले हल्का अनुभव महसुस गर्छ ।











