रमिता दंगाल
१६ फागुन, काठमाण्डौ । काठमाण्डौको गोकर्णेश्वर नगरपालिका माकलबारीस्थित दक्षिणढोका उत्थान युवा क्लबद्वारा मनकामना फुट्सलमा आयोजित तेस्रो लाक्पा स्मृति कप फुटबल प्रतियोगिता २०७७ मा हरिसिद्धि फुटबल टिम विजयी भएको थियो भने दक्षिणढोका उत्थान युवा क्लब उपविजेता भएको हो । विजेताले ट्रफि, सम्मान पत्र, मेडल र रू ५०००० पाएको थियो भने उपविजेताले ट्रफि, सम्मान पत्र, मेडल र रू २५००० पाएको थियो ।

मनकामना स्पोटर्स सेन्टरमा आयोजना गरिएको एकदिने नकआउटको आधारमा संचालित उक्त प्रतियोगितामा उत्कृष्ट गोलरक्षक आयोजकका सन्जिव लामा भएका थिए। त्यस्तै उत्कृष्ट खेलाडी विजेता टिमका कप्तान सन्दिप कार्की घोषित भएका हुन्।

सो प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा नं ७ को सहयोग रहेको थियो। प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी गोकर्णेश्वर नगरपालिकाका उप-मेयर शान्ता नेपालले गर्नुभएको थियो भने विकास तामाङको संयोजगत्वमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो।

साथै तेस्रो लाक्पा स्मृति कप फुटबल प्रतियोगिता २०७७ अवसरमा क्लबले आकस्मिक रक्तदान कार्यक्रम पनि संचालन गरेको थियो।












