प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने

१३ फागुन, काठमाण्डौ। प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने भएका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन्।

 पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए। पुसको बाँकी अवधिको र माघ तथा फागुनको तलब सांसदहरूको खातामा जम्मा हुने छ  ।

सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ। राष्ट्रिय सभाका सांसदहरुले भने नियमित तलब पाउँदै आएका छन्।

[sidebar name="button post"]