जेठको दोस्रो साताभित्रै एसईई सक्ने परीक्षा बोर्डको तयारी

१२ फागुन, काठमाण्डौ। राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा(एसईई) आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी संचालन गर्ने तयारी थालेको छ ।

शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रो साताभित्र सक्ने गरी तयारीमा जुटेको हो ।

यसअघि सरकारले एसईई परिक्षा सञ्चालनको अधिकार बोर्डलाई नै दिएको थियो । त्यहिअनुसार बोर्डले यस वर्ष पनि केन्द्रगत रूपमा प्रश्न पत्र छपाइ गर्ने भएको छ । यसका लागि प्रक्रियामा गइसकेको बोर्डले जनाएको छ ।

शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको थियो । यो वर्ष एसईईमा नियमित र ग्रेडवृद्धिसहित करिब ५ लाख विद्यार्थी संलग्न हुने अनुमान गरिएको छ ।

[sidebar name="button post"]