११ फागुन, काठमाण्डौ। सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सञ्चालन गर्ने घोषणा गरेका छन् । मंगलबार नक्सालको एक होटलमा विशेष कार्यक्रम गरेर लामिछानेले ‘ग्यालेक्सी फोर के’ नामको टेलिभिजन च्यालन सञ्चालनको घोषणा गरेका हुन् ।
लामिछानेले घोषणा गरेको ‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा रामायण, को बन्छ करोडपछिसहितका कार्यक्रम प्रशारण हुने जानकारी दिइएको छ । यस्तै कलाकार दीपकराज गिरीले क्राइम पेट्रोल कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी दिइएको छ ।
यस्तै महावीर पुनले आविश्कार नामक कार्यक्रम र रमेश प्रसाईले सामाजिक विषयमा केन्द्रित अन्तर्वार्ता मुलक कार्यक्रम लाल मोहर सञ्चालन गर्ने लामिछानेले जानकारी दिएका छन् । आफ्नो टेलिजिनमा सा रे ग म प सहितका फ्रेन्चाइज कार्यक्रमहरु पनि आउने लामिछानेले बताएका छन् ।
[sidebar name="button post"]









