आज नेपालमा कति कोरोना संक्रमित थपिए ?

१० फागुन, काठमाण्डौ। नेपालमा सोमबार थप १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकामा सोमबार थप ५२ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाण्डौका ४२, भक्तपुरका ६ तथा ललितपुरका ४ जनामा संक्रमण पुष्टि भएको हो।

सोमबार थप ९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ९६६पुगेको छ।

हाल देशभर १ हजार ५ सय २९ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घन्टामा ३ हजार ६ सय ८१ जनामा कोरोना परीक्षण गर्दा १ सय २५ जनामा कोरोना पुष्टि भएको हो।

गएको २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ।

[sidebar name="button post"]