Ad #144479

यदि ब्ल्याक कफी नियमित पिउनुहुन्छ भने, यो तपाईंका लागि स्वस्थ्यकर हुने अध्ययनले देखाएको छ ।वैज्ञानिकहरुले दैनिक एक कप ब्ल्याक कफी पिउँदा मुटु रोगको समस्या १२ प्रतिशतसम्म कम हुने निष्कर्ष निकालेका छन् ।

२१ हजार जनामा गरिएको एक शोधपछि वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् । रिसर्चका अनुसार कफीमा पाइने एन्टीअक्सीडेन्टसले शरीरमा हुने स्वेलिङ (सूजन) को मात्रा कम गर्छ र भविष्यमा हुनसक्ने हृदयघातबाट जोगाउँछ ।

अमेरिकन हार्ट एसोसिएसन जर्नलमा प्रकाशित रिपोर्टमा यस्तो उल्लेख गरिएको हो । ‘धेरैले कफी अथवा क्याफिन मुटुका लागि हानीकारक भएको मान्छन् किनकि यसले रक्तचाप बढाउँछ,’ रिसर्चमा सहभागी कोलोराडो स्कूल अफ मेडिसिनका प्रोफेसरका अनुसार कफीले हर्ट फेल हुन सम्भावना घटाउँने बताएको छन्।

अमेरिकी वैज्ञानिकहरुले रिसर्चका क्रममा २१ हजार व्यक्तिका विवरण संकलन गरेका थिए । उनीहरुमा कफी पिएपछि कस्तो असर देखियो भन्नेबारे अध्ययन गरिएको थियो ।

अमेरिकन कलेज अफ कार्डियोलोजीको एक रिसर्चको निष्कर्ष छ – हरेक दिन तीन कप कफी पिउँदा मुटुसम्बन्धि खतरा कम हुन्छ । यस्तै कफीले क्यान्सरबाट पनि जोगाउने अर्को एक रिसर्चले जनाएको छ । चिनियाँ शोधकर्ताहरुले गरेको शोधले कफी सेवन गर्दा क्यान्सरको सम्भावना कम हुने निष्कर्ष निकालेको छ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित रिपोर्ट अनुसार उक्त रिसर्चमा ५७ हजार व्यक्तिको विवरण संकलन गरिएको थियो । ती व्यक्तिहरुले दैनिक एक वा दुई कप कफी पिउने गर्थे । कफीले प्रोस्टेट क्यान्सरबाट जोगाउन मद्दत गर्ने निष्कर्ष निकालिएको हो ।