बच्चाको उत्कृष्ट विकासका लागि हजुरबुवा–हजुरआमा अत्यावश्यक

आफ्नो हजुरबुवा–हजुरआमासँग बिताएका पल हाम्रो जीवनको सबैभन्दा अविष्मरणीय पलमध्येको एक हुन्छ । हजुरबुवा–हजुरआमाले सबैको बालापनलाई सुखद बनाउन एउटा महत्वपूर्ण भूमिका निभाएका हुन्छन् ।

जो बच्चा आफ्नो हजुरबुवा हजुरआमासँगै बस्छन् उनीहरुमा एक भिन्न प्रकराको बुझाई र एक विशेष प्रकारको समवेदना हुन्छ । यस्ता बच्चा सधैं खुसी, मिलनसार र आफ्ना सामान बाँडेर प्रयोग गर्ने किसिमका हुन्छन् ।

उनीहरुमा परिवारमा बस्ने र सबैको भावनाको सम्मान गर्ने विशेष कला हुन्छ । तर आज जसरी शहर बढिरहेको छ, हाम्रो कोठा साँघुरिँदै छ । यस्तोमा मानिसहरु एक्लै बस्न बाध्य छन् भनौँ यात एक्लै बस्न रुचाउँछन् । अहिले धेरै व्यक्तिको आफ्नो सानो परिवार मात्र हुन्छ जहाँ हजुरबुवा–हजुरआमा एक पाहुनाको रुपमा आउँछन् । तर विज्ञानले पनि बच्चालाई आफ्नो हजुरबुवा–हजुरआमासँगै राख्नुपर्ने सुझाप दिएको छ।

विज्ञानलाई मान्ने हो भने जो बच्चा आफ्ना हजुरबुवा हजुरआमासँग बस्छन्, उनीहरु एक्लै बस्ने बच्चाभन्दा निकै भिन्न हुन्छन् ।

 हजुरबुवा हजुरआमासँग बस्ने भिन्न हुनुका कारणहरु यस्ता छन् :

१) बच्चा खुसी र सुरक्षित हुन्छन्।
२) आफ्नो पुर्खौलीबारे धेरै कुराहरु थाहा पाउँछन्।
३) भावनात्मक तरिकाले बलियो हुन्छन्।
४) नैतिक गुणहरु सिक्दछन्।
५) तपाईंका आमा–बुवा पनि खुसी र स्वस्थ हुन्छन्।
६) सबैसँग मिलनसार व्यवहार गर्दछन्।

[sidebar name="button post"]