७ फागुन, काठमाण्डौ। नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार रुपैयाँले ओरालो लागेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
तेजावी सुनको मुल्य आज ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैँया घटेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
[sidebar name="button post"]









