पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि, तीनको मृत्यु

६ फागुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा दुई लाख ७३ हजार एक सय ६६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै थप एक सय ११ जना निको भएसँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार पाँच सय पाँच पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै , पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५८ पुगेको छ।

[sidebar name="button post"]