एक वर्षमा २ हजार पिण्ट रगत संकलन गर्ने श्वेताको अभियान

रमिता दंगाल

६ फागुन, काठमाण्डौ। ‘रक्तदान जीवनदान । रक्तदान महादान’ यी स्लोगन हामीले बारम्बार सुन्ने गरेका छौँ । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । रक्तदान नगर्नेको तुलनामा रक्तदान गर्ने व्यक्तिहरू शारीरिक रूपले पनि स्वस्थ रहेको शोध कार्यबाट पाइएको छ।

कतिपयले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने ठान्छन् तर वास्तविकता के हो भने पुरुषको शरीरलाई प्रतिकेजी ७६ एमएल र महिलाको शरीरमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ । तर शरीर सञ्चालनका लागि चाहिने आवश्यक रगत ५० एमएल मात्रै हो । त्यसकारण पुरुष र महिलाको शरीरमा प्रतिकेजी क्रमश २६ र १६ एमएलका दरले रगत बढी हुन्छ । यही बढी भएको रगतमात्रै दान गर्ने हो ।

हामीले गरेको रक्तदान कुनै सङ्घ/संस्थाको लागि नभएर हाम्रो समाजमा मरणावस्थामा रहेका बिरामीहरूको लागि हो। हाम्रो शरीरको रगतको केही अंशले कुनै बिरामीले नयाँ जीवन प्राप्त गर्छ भने यो नै संसारको सबैभन्दा ठूलो धर्म र सेवा हो। यस्तै धर्म र सेवा गर्न लागि पर्नु भएको छ समाजेवी श्वेता श्रेष्ठ। रक्तदान अभियान नै सुरु गर्नुभएको छ। श्वेताले १ बर्समा २००० पिण्ट रगत संकलन गरि ब्लड बैंकलाई बुझाउन लागि पर्नु भएको छ। उहाँले विभिन्न ठाउमा रक्तदान कार्यक्रम गर्दै आउनु भएको छ।

अहिले विश्व भर फैलिरहेको महामारी कोभिडले गर्दाखेरि हाम्रो देशमा पनि रगतको अभावहरु भएकाले समाजेवी श्वेता श्रेष्ठ आफ्नै पहलमा किन दुई हजार ब्लड जम्मा गरेर दान नगर्ने त ? भनेर उहाँले यो अभियान सुरु गर्नु भएको हो।

श्रेष्ठलाइ यस अभियानमा जनप्रतिनिधिहरुले पनि कार्यक्रम संचालन गर्न हौसला दिनु भएको छ । उहाँ भन्नुहुन्छ,’ त्यति मात्र नभएर पत्रकार साथीहरुले पनि समय समयमा यो कार्यक्रमको बारेमा आ आफ्नो मिडिया मार्फत प्रस्तुत गराई रहनु भएको छ। त्यसैगरी बेला बेला मेरो साथीहरु पनि आएर भोलुण्टर गरिरहनु भएको छ।’ नेपाल रेड क्रस सोसाईटी चाबहिल उप शाखासँग सह कार्य गरेर काम गर्दै आउनु भएको छ।

यो कामले आफु धेरै खुसि भएकोको श्रेष्ठले कागेश्वरी खबरलाई बताउनु भयो। अहिले श्रेष्ठले धेरै मानिसहरु आवतजावत हुने ठाउँहरुमा क्याम्पहरु संचालन गर्दै आउनु भएको छ। एक बर्षमा दुई हजार पिण्ट रगत पुर्याउने उहाँको लक्ष्य रहेको छ। रगत दाताहरुलाई एक पिण्ट रगत दिंदा केहि फरक पर्दैन र त्यो एक पिण्ट रगतले तीन जना सम्मलाई जीवन दान दिन सकिने भएर यो चाहिं एकदमै पुण्यको काम हो भनेर अवगत गराउँछु। त्यसपछि उहाँको इच्छा अनुसार ब्लड डोनेट गर्नुहुन्छ उहाँले बताउनु भयो । हामि सबैले रक्तदान गरौँ, पुण्य कमाऔं।

[sidebar name="button post"]