४ फागुन, दमौली । सोमबार साँझ परेको असिना पानीले तनहुँका विभिन्न भागमा हिउँदेबाली र तरकारी खेतीमा क्षति पुगेको छ । असिना पानीले हिउँदेबाली र तरकारी खेतीमा पूर्ण क्षति पु¥याएको तनहुँको शुक्लागण्डकी–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले बताउनुभयो । यसपालीको हिउँद लागेपछि पहिलो पटक यति ठूलो वर्षा भएको हो ।
एकातिर खेतीपाती गर्ने बेलामा परेको पानीले किसानलाई राहतको महसुस गराएको छ, तर अर्कोतर्फ भीषण असिनाले लाखाैँको क्षति भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार असिनाले पु¥याएको क्षतिको विवरण आउन बाँकी छ ।
शुक्लागण्डकी नगरपालिका र भीमाद नगरपालिकामा भीषण असिना पानी परेको हो । अपरान्ह ४ बजेदेखि शुक्लागण्डकीको सेतीपारीका वडामा असिना पानी परेको हो । ढोरफिर्दी, छब्दी, साँखे, कोलम्फे गुर्दुमलगायतका स्थानमा असिना बर्सिएका थिए ।
[sidebar name="button post"]









