मोटोपन घटाउन जिरा फाइदाजनक

तपाई हामी सबैलाई थाहा छ, जिरालाई सामान्यतया हामीले मसलाको रुपमा भान्सामा प्रयोग गर्ने गरेका छौँ । यो एक तरकारीमा प्रयोग हुने मसला मात्र नभएर तौल घटाउनलाई सहयोग गर्ने मसला पनि हो।

थोरै मात्रामा नियमित जिरा सेवन गर्दा पाचन पक्रियामा सहयोग पुग्छ। जिरामा ‘हिलिङ’ गुण अर्थात निको पार्ने गुण हुने भएकाले यो आयुर्वेदमा शताब्दीऔँदेखि प्रयोग गरिँदै आइएको छ। । यसलाई पानीसंग खाँदा ‘क्यालोरी वर्न’ हुन्छ जसकारण मोटोपन घटाउँन मद्धत गर्छ ।

जिराका खानुका फाइदा :

१. फ्याट वर्नः
जिराले शरीरमा भएका चिल्लो पदार्थको मात्रा घटाएर शरीरलाई स्लिम राख्दछ ।

२. कम क्यालोरीः
एक चम्चा जिरामा करिब ७ क्यालोरी हुन्छ। जिरा पानीसँग पिउँदा शरिरलाई धेरै तवरले फाइदा पुर्याउँछ। तर तौल बढाउँदैन।

३. भोक घटाउँछः
यदि तपाईलाई धेरै भोक लाग्छ भने जिरा भोक घटाउने राम्रो उपाय हुनसक्छ। दैनिक ए‍क चम्चा जिरा पानीसँग पिउने गर्नुहोस् तपाईको खानेकुराको खपत कम हुन्छ।

४. पाचनमा सहयोगः
पाचन क्रिया राम्रो छ भने हाम्रो तौल सन्तुलित पनि राम्रो हुन्छ । जिराले शरिमा चिल्लो टुक्र्याउँछ , त्यस्तै सुगर अनि कार्बोहाइड्रेड पनि टुक्र्याएर पाचन क्रिया सहज गरिदिन्छ। जसले हाम्रो मेटाबोलिजम बढाउँछ र शरीर फिट रहन्छ।

[sidebar name="button post"]