भुत भए नभएको थाहा पाउने नयाँ तरिका

हामी सबैलाई काल्पनिक कुराहरुले एक प्रकारको डर उत्पन्न गराउँछ। राति एक्लै हुँदा तर्सिनुलाई सामान्य मानिन्छ। सबैलाई डर लाग्छ। के तपाई राती कतै एक्लै हुँदा तर्सिनु भएको छ ? के आएको जस्तो, के छ जस्तो भएको छ ?

हिड्दै गर्दा केहि कुरासंग ठोकिएजस्तो लाग्ने, कसैले पछ्याय जस्तो लाग्ने, झ्याप्प नजिकै केहि बस्तु आए जै हुने, राती सुतेकै ठाँउमा कसैले समातेको जस्तो हुने, कालो आकृतिहरु भित्तामा देखिने आदी तपाईले पनि भोग्दै आउनु भएको होला। हामी प्राय सबै काल्पनिक घटनालाई महसुस गर्ने गर्छौ जसकारण हामीमा डर पैदा हुन्छ र हाम्रो दिमागमा विभिन्न काल्पनिक कुराहरु खेल्ने गर्दछन्।

जसले गर्दा हामीलाई डर लाग्छ। यस्तै कुराहरु बीच हाम्रो दिमागमा धेरै प्रश्नहरु उठ्ने गर्दछ। के भुत-प्रेत साच्चिकै होला त ? कि कसैले डरको अर्को नाम राखिदिएको हो ? कसैले भन्ला भुत साच्चिकैमा हुन्छ र अर्काले भन्ला यो सबै कथामा मात्र हुन्छ। तर्क ज जस्तो भएपनि तपाई के कुरामा विश्वास गर्नु हुन्छ भन्ने कुराले मात्र फरक पार्दछ।

‘पकेट घोस्ट डिटेक्टर’ अर्थात् भुत भए नभएको पत्ता लगाउने यन्त्र जुन इटालिएनका असाधारण शक्ति अनुसन्धानकर्ता मासिमो रोसीले बनाएका हुन। यिनले यस डिटेक्टरको नाम घोस्टआर्क दिएका छन्।

यसबाट वरिपरि भएका रेडियो संकेतहरु, तापक्रम, विधुत् चुम्बकीय तरंग, आवाजबाट अदृस्य शक्ति भए न भएको पत्ता लगाउन सकिन्छ। यो यन्त्र किन्नलाई पनि पाइन्छ जसको मूल्य १९९ डलर रहेको छ।

[sidebar name="button post"]