२०७७ साल फाल्गुन महिनाको मासिक राशिफल ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):
महिनाभर लाभ भावमा गोचर गर्ने सूर्य र अन्य ग्रहको अनुकुल प्रभाव रहनेछ । राजनीतिकर्मि,खेलाडी,पत्रकार तथा विद्यार्थीहरुका लागि समय उत्तम रहेकोछ । नोकरी पाउने तथा पदोन्नतीको गतिलो योग रहेकोछ । अग्रज तथा आफन्तबाट तपाईंको काममा सहयोग तथा आशिर्वाद प्राप्त हुनेछ । पैत्रिक धन सम्पतिको प्रयोग गरी प्रशस्त लाभ लिन सकिनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ । राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ भने मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ,तरल पदार्थको कारोबारबाट मनग्गे धन सम्पती आर्जन गर्न सकिनेछ । आकस्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेकोछ ।
तपाईंको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पती लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईँको भूमिका महत्वपूर्ण हुनेछ ।
माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथिको सहयोगले राम्रा तथा परिणाममखि कार्य सकिनेछ । शुक्र र बुधको अनुकुल प्रभावले लेखन कला तथा साहित्य क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय फलदायी रहनेछ ।
राज्यभावमा महिनाभरनै गोचर गर्ने बृहस्पतीको अनुकुल प्रभावले शिक्षा क्षेत्र,बैक तथा बित्तिय क्षेत्र र शेयर बजारको कारोबार फस्टाएर जानेछ । स्कुल तथा कलेजमा लगानी गर्नेहरुले राम्रो भनेजस्तो प्रतिफल प्राप्त नभएपनि पहिलाको भन्दा सुधार भएर जानेछ ।
दोस्रो सातासम्म मंगलको अनुकुल प्रभाव रहने हुनाले फौजी क्षेत्रमा काम गर्न चाहनेहरुले नोकरी पाउने र काम गरिरहेका हरुले बढुवा वा मान सम्मान पाउनेछन् ।
बृष (ईऊ,ए,ओ,वा,वी,वू,वे,वो):
महिनाभर राज्य भावमा गोचर गर्ने सूर्यले नीति निर्माण तहमा तपाईंको सम्मानजनक उपस्थिती रहनेछ भने यो महिना गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । नोकरी पाउने तथा पदोन्नतीको गतिलो योग रहेकोछ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । राजनीतिकर्मि तथा कुटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरुले उच्च पद पाउने गतिलो योग रहेकोछ ।
पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउंदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ भने राजनीतिशास्त्र अध्ययन गर्नेहरुका लागी समय राम्रो रहेकोछ । कला साहित्य तथा गित संगितमा बिषेश रुचि बढ्नेछ । पारिवारिक जमघटमा सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
व्यापार व्यवसायमा समय लगानी गर्ने व्यापारीहरुका लागी समय उत्तम रहेकोछ । पराक्रमी क्रिर्याकलापमा भाग लिनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माता पिता तथा अग्रबाट आशिर्वाद तथा सहयोग पाईनेछ । विशेष गरी खनिज पदार्थसँग सम्बन्धीत कामहरु र जग्गा जमीनको कारोबार गर्नेहरुका लागी समय उत्तम रहनेछ ।
राशिमा गोचर गर्ने राहु र पारिवारिक सम्बन्धको भावमा गोचर गर्ने केतुको प्रभावले माया प्रेममा एक अर्कालाई अविश्वास गर्नाले लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । घर परिवारमा विशेष गरि पति पत्नी बीच घरायसी कुरामा राय बाजिनेछ ।
भाग्य भावमा गोचर गर्ने बृहस्पती र शनिको प्रभाव अनुकुल रहनेछ । जसको प्रभावले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
कमर्श,वकालत, मन्त्रि, प्रशासनिक तथा सरकारी क्षेत्रबाट बिषेश फाईदा हुनेछ । फिलिम,मोडलिङ, फेसन डिजाईनिङ, गल्यामरस जस्ता क्षेत्रमा प्रगती गर्ने तथा बिलाशी जीवन व्यतित हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):
भाग्य भावमा महिनाभर नै गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावको कारणले घर गृहस्थीमा व्यावहारिक कुरा नमिल्दा केही असहज परिस्थितिको सिर्जना नहोला भन्न सकिन्न । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित व्यापारमा वृद्धि भएपनि अन्य व्यापारमा मन्दी आउनेछ । श्वासप्रश्वास,आँखा,टाउको सम्बन्धि समस्या आउने सम्भावना रहेकोछ । दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरुले बिषेश ख्याल गर्नुहोला ।
तरपनि संघर्षका बावजुद,राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागी राज्यबाट पद प्राप्तीको योग रहेकोछ । सरकारी जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । ठुलाबढा तथा विशिष्ट व्यक्तिहरुको आशिर्वाद पाईने हुँदा मन प्रशन्न हुनेछ ।
बुध,शुक्र र अन्य ग्रहको अनुकुल प्रभावले गितकार,संगितकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी महिना मिश्रित रहेकोछ । आफन्त तथा दाजुभाईको सहयोग रहनेछ भने छोटो दुरिको रमाईलो यात्राको तय हुनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे धन लाभ हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
मिथुन राशि हुनेहरुका लागि महिनाभरनै शनिको अढैया दशाको प्रभाव रहनेछ । जसको प्रभावले दीर्घरोग जस्तै प्रेसर,सुगर,नसा सम्बन्धी समस्या भएकाहरु र प्यारालाईशिष सम्बन्धी समस्या भएकाहरुले विशेष ध्यान दिनुहोला । सवारी साधनको तथा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान नदिए अप्रिय घट्ना नहोला भन्न सकिन्छ ।
कष्ट भावमा गोचर गर्ने बृहस्पती र खर्च भावमा गोचर गर्ने राहुको प्रभावले घर परिवारमा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । शैक्षिक वा धार्मिक यात्रा कष्टकर नहोला भन्न सकिन्न ।
सञ्चार जगतमा,ईन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर डिजाईनिङ,स्टक एक्चञ्ज,चार्टर एकाउन्टेण्ट,व्यापार,हास्य व्याङग्य, कलाकार,लेखक,साहित्यकार,राजदुत तथा चलचित्र क्षेत्रमा काम गर्नेहरुका लागी यो महिना उत्तम रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो):
महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने दिदी बहिनी तथा आफन्तसँग अनाबस्यक बिवाद हुनेछ । घर परिवारका आफन्तको स्वास्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । श्वासप्रश्वास,आँखा,टाउको सम्बन्धि समस्या आउने सम्भावना रहेकोछ । दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरुले बिषेश ख्याल गर्नुहोला । राजनीति तथा समाजसेवामा तपाईंको उपस्थिति कमजोर रहनेछ । आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझावलाई बेवास्ता गर्दा दुःख पाईनेछ ।
तरपनि महिनाभर नै मंगल,बृहस्पती,बुध र शुक्रको अनुकुल प्रभावले व्यापार व्यावसायमा लगानी गरि मनग्गे धन तथा सम्पती कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यावसाय फस्टाएर जाने तथा भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । राज्यको मेकानिजम् भित्र बसेर काम गर्नेहरुका लागि नोकरीमा बढुवा र सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेकोछ । लेखन कला साहित्यमा बाँकि रहेका कामहरुलाई फत्ते गरि नाम तथा दाम कमाउन सकिनेछ ।
नसोचेको धन तथा भौतिक सम्पती प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पतिको प्रयोग गरिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ ।
टेक्नीकल बिषय वा कानुनको अध्ययन गर्ने विद्यार्थीहरुका लागी महिना उत्तम रहेकोछ भने उत्कृष्ट नतिजाका साथ तपाईंको नाम अग्र स्थानमा आउनेछ । पानीसँग सम्बन्धित काम जस्तै जलसेना,हाइड्रो ईन्जिनियर, पौडिबाज,तेल प्रसोधन, खेतिपाति, पशुपालन,कृषि, डेयरि प्रोडक्सन तथा प्रसासनिक क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):
महिनाभर नै व्यापार भावमा गोचर गर्ने कमजोर सूर्यले आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार तथा जीवन साथिसँग राय बाजिनेछ । साझेदारी व्यवसायमा लगानी गर्नेहरुका लागि यो महिना साझेदारहरु बीच मनमुटाब बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ ।
तरपनि अन्य ग्रहको अनुकुल प्रभावले थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुनाले मन प्रशन्न रहनेछ । छोटो वा लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । शुभ तथा मांगलिक सभा समारोहमा आफन्त तथा साथिहरुसँग सहभागी भई मिठा परिकार खादै रमाईलो गफ गरेर महिना कटाउन सकिनेछ । अग्रज तथा आफन्तको आशिर्वादले अगाडि बढ्न प्रोत्साहन गर्नेछ । पढाइ लेखाइ सुधार भएर जानेछ भने कुनैपनी प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिनेछ । अग्रज तथा आफन्तबाट आशिर्वाद प्राप्त हुनेछ ।
प्रतिस्पर्धा भावमा गोचर गर्ने शनि र बृहस्पतीको अनुकुल प्रभाव रहनेछ । निर्माण सामाग्री,अटो पार्टस्, खनिज पदार्थ,प्राकृतिक स्रोत साधनको व्यापार व्यावसाय गर्नेहरुका लागी समय राम्रो रहेकोछ । काम वा अध्ययनको सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।
प्रशासनिक कार्य,सेना,प्रहरी,गुप्तचर,सुरक्षा सँगठन,उद्योग, व्यावस्थापन,मेडिकल,राजनीति,प्यारामेडिकल क्षेत्र, रिशर्च,अध्यात्म, ज्योतिष जस्ता क्षेत्रमा यो महिना राम्रो प्रगती हुनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो):
छैटौ भावमा महिनाभर नै गोचर गर्ने सूर्यले साहसी काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरु पनि सहयोगी बन्नेछन् । नोकरिमा हुने प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । अदालत तथा न्यायलयबाट हुने निर्णयहरु तपाईंकै पक्षमा आउने हुँदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तीको योग रहेकोछ । माता पिता तथा मावली पक्षबाट आशिर्वाद पाईनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् । थाती रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउनेछ ।
पढाइ लेखाइमा प्रविधिको प्रयोग गरि अरुलाई पछाडि छोड्दै तपाईंको नाम अग्र स्थानमा आउनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ भने छुट्टिएका प्रेम सम्बन्धहरु पुनर्मिलन हुने प्रशस्त सम्भावा रहेकोछ । खनिज पदार्थ,खाद्यान्न, औषधी तथा निर्माण सामाग्रीको व्यापार फस्टाएर जानेछ । बैक तथा बित्तिय क्षेत्रमा र शिक्षा क्षेत्रमा लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ ।
विद्या भावमा गोचर गर्ने बृहस्पतीको अनुकुल प्रभावले अध्ययन वा कामको सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । टेक्नीकल विषयसँग सम्बन्धीत अध्ययन गर्नेहरुका लागी समयले साथ दिनेछ ।
व्यापार व्यवसाय,बाणिज्य,लेखन,कला साहित्य तथा सबै खाले प्राबिधिक पेशामा कन्या रासि भएका व्यक्तिहरुले आफुलाई स्थापित गर्दछन् । साथै कम्यूनिकेशन,अफिसर, वलिक, राजनीतिक सल्लाहकार, शिक्षक, प्राध्यापक आदि पेशा व्यवसायमा सफल हुने समय रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):
सन्तान तथा बिद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगती गर्न नसकिएपनि प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । शेयर बजार तथा आर्थिक क्षेत्रमा गरिएको लगानी खस्केर जानेछ । पेट,आँखा तथा टाउकोमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । दिर्घरोगि जस्तै सुगर,प्रेसर र मुटु सम्बन्धी समस्या भएकाहरुका लागी महिना मध्यम रहेकोछ ।
तुला राशि हुनेहरुका लागि महिनाभर नै शनिको अढैया प्रभाव रहनेछ ।घरजग्गा तथा सवारी साधनको प्रयोग वा परिचालन गर्दा ध्यान दिनुहोला । आफ्नो वा आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । सामाजिक पद प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।
तरपनि महिनाभर नै बुध,शुक्र,मंगल र बृहस्पतिको प्रभाव भने अनुकुल हुनेछ । अग्रज तथा आफन्तबाट टिका तथा आशिर्वाद पाईनेछ । राज्य संयन्त्रको नजिक जस्तै निजामती,फौजि तथा सस्थानमा र प्राईबेट कम्पनिहरुका काम गर्नेहरका लागी समयले साथ दिनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरु जनमानसमा लैजान सकिनेछ ।
भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुले मनग्गे धन सम्पती जोड्न सक्नेछन । उपहार तथा चिठ्ठा प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्राको तय हुनेछ ।
कूटननीति, परराष्ट्र,राजनीति,राजदुत वा यस्तै कार्यमा आफुलाई अब्बल साबित गर्दछन् । त्यसैगरि स्पेश ईन्जिनियर,खगोल बिज्ञान,जिनेटिक ईन्जिनियर,कपडा,कागज,प्रेस तथा मिडिया जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित गर्न सकिने सयम रहेकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू):
सुख भावमा महिनाभर सूर्यको प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनेत गर्नुपर्ने भएकोले राजनीतिकर्मि,समाजसेवी तथा घर जग्गाको कारोबार गर्ने व्यापारीहरुका लागी समय मध्यम रहेकोछ । आफ्नो वा आमाको स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला ।
तरपनि महिनाभर नै बुध,शुक्र तथा मंगलको प्रभाव भने अनुकुल हुनेछ । प्राकृतिक स्रोत र पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । लेखन कलाको माध्यमबाट आफ्नो बिचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुका लागी मनग्गे धन सम्पति जोड्न सकिने समय रहेकोछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित कारोबार केही मात्रामा फस्टाएर जानेछ ।
पराक्रम भावमा गोचर बृहस्पती र अन्य ग्रहको शुभ प्रभाव रहने हुनाले औषधीजन्य तथा खाद्यान्न र निर्माण सामाग्रीसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा उल्लेख्य वृद्धि हुनेछ । बैक तथा बित्तिय क्षेत्र र शिक्षा क्षेत्रबाट लाभ लिन सकिनेछ । अध्ययनकै सवालमा छोटो वा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।
जो व्यक्तिहरु कबि, दार्शनिक, लेखक, समालोचक,बिचारक तथा गुप्तचर,आयात, अनुशन्धान,केमिकल,रिसर्च, एक्सप्लोरिङ, जीवबिज्ञान तथा समुन्द्रसँग सम्बन्धित काम गर्नेहरुका लागी यो महिना उत्तम रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):
बृश्चिक राशि भएका व्यक्तिहरुका लागि यो महिना समय उत्तम रहेकोछ । खेलाडी तथा पराक्रमी क्रिर्याकलापमा समय लगानी गर्नेहरुले प्रशस्त धन तथा सम्पति संग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईंकै पक्षमा हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मि तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । अन्धबिश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्वपूर्ण भमिका निर्बाह गर्नेछ । आफन्त तथा अग्रजबाट आशिर्वाद प्राप्त हुनेछ ।
विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जीवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाँफा कमाउन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । माया प्रेमका सम्बन्धहरु विवाहमा परिणत गर्ने सहमती जुट्नेछ । कलाकृर्तिसँग सम्बन्धित काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ ।
तरपनि शनिको अन्त्य साढेशातिको प्रभाव महिनाभरनै रहनेछ । धन सम्पती प्रयोग तथा परिचालन गर्दा वा सापटी दिंदा ध्यान दिनुहोला । सवारी साधन तथा भौतिक सम्पती प्रयोग गर्दा ख्याल गर्नुहोला । बोल्दा वा कुनै कुराको निर्णय गर्दा आफन्त तथा अग्रजको सल्लाह लिनु राम्रो रहनेछ ।
प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स,उद्योग,भुउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट,भाषा अनुबादक, कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तथा राज्यमा मन्त्रि जस्ता पदमा रहि काम गर्नेहरुका लागि यो महिना राम्रो रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):
दोस्रो भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले आउने अवसरहरुलाई पहिचान गर्न नसस्दा उपलब्धि हातबाट फुत्किनेछ । धन सम्पति हराउने,लुटिने तथा स्थाई सम्पतिमा बिवाद हुन सक्छ ध्यान दिनुहोला । टाउको,आँखा तथा पेट तथा छात्ती सम्बन्धि समस्याले नसताउला भन्न सकिन्न । होटल तथा रेष्टुरेन्टको क्षेत्रमा मन्दी आउनेछ ।
त्यस्तै शनिको मध्य साढेसातीको प्रभाव महिना भरनै रहनेछ । आफन्त तथा कुटुम्बसँग सामान्य मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । शरिरमा आलश्य तथा अल्छीपना बढेर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सुन्नु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । नशा,प्यारालाईशिस,ग्याष्ट्रिक तथा दीर्घ रोगीहरुले बिषेश ख्याल गर्नुहोला ।
तरपनि बुध,शुक्र र मंगलको अनुकुल प्रभावले साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखारता आउने तथा बिशेष उपलब्धि हाँसिल हुनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्याधिस,अधिवक्ता तथा नोकरिमा प्रतिस्पर्धा गर्नेहरुका लागि समय फलदायी रहनेछ । भौतिक बस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । राशिमा गोचर गर्ने बृहस्पतीको अनुकुल प्रभावले उत्पादनमूखी,औषधीजन्य तथा शैक्षिक क्षेत्रको व्यापार व्यवसाय फस्टाएर जानेछ । परराष्ट्र तथा कुटनीतिको क्ष्ँेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।
विदेशी लगानिबाट सञ्चालित सस्थामा काम पाउने गतिलो सम्भावना रहेकोछ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागी समय उत्तम रहेकोछ । माया प्रेममा मनमुटाब सिर्जना भएपनि अन्तत एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ ।
मार्केटिङ, बिमा, एकाउन्ट,बैक तथा बित्तिय सस्था जस्ता क्षेत्रमा काम गर्नेहरुले सफलता प्राप्त गर्नेछन् । डाईरेक्टर, संचालक, म्यानेजर,अध्यक्ष, न्याधिस, ईन्जिनियर, ब्याबस्थापक,वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पदमा रही काम गर्नेहरुका लागि यो महिना केही शुभ रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):
यो महिना व्यापार व्यवसायमा मन्दी आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरुसँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । शनिको आद्य साँढे सातीको प्रभाव महिनाभर नै रहने हुनाले स्वास्थ्यमा बिशेष गरी उच्च रक्तचाप,टाउँको दुखाई,छात्ती,आँखा तथा मौषमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेकोछ ।
शरिरमा आलश्य तथा अल्छीपना बढेर जानेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । विदेश जानको प्रोसेसिङ वा गलत व्यक्तिको चंगुलमा परिनेछ । पेट सम्बन्धि समस्या नआउला भन्न सकिन्न । आम्दानि र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ ।
तरपनि अन्य ग्रहको अनुकुल प्रभावले परराष्ट्र तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागी समय उत्तम रहेकोछ । औषधी,निर्माण सामग्री र दैनिक उपभोग्य बस्तुको कारोबारमा बृद्धि हुनेछ ।
यो महिना सञ्चार,कम्प्युटर, विज्ञान तथा प्रबिधि,रिसर्च,प्राबिधिक काममा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहनेछ । लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भुउपग्रह,भौतिक बिज्ञान, मिडिया तथा राजनीतिमा समय व्यतित गर्नेहरुका लागी पनि समय उत्तम रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):
यो महिना व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रज हरुसँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । बुवा वा अग्रजको सल्लाह र सुझावलाई वेवास्ता गर्दा दुःख पाईनेछ । स्वास्थ्यमा समस्या आई अस्पताल धाउनु पर्ने बाध्यता आईपर्नेछ ।
तरपनि अन्य ग्रहको अनुकुल प्रभावले परराष्ट्र तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
महिनाभर नै लाभ भावमा गोचर गर्ने शनि र बृहस्पतीको अनुकुल प्रभावले औषधि,निर्माण सामग्री ,हार्डवयेर,अटो पार्टस् र दैनिक उपभोग्य बस्तुको कारोबारमा बृद्धि हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग गरि मनग्गे लाभ लिन सकिनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायधिस,वकिल तथा विद्यार्थीहरुका लागि समय फलदायी रहनेछ ।
लेखन, साहित्य,कविता,कला तथा साहित्य, मनोरञ्जन,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा काम गरी नाम कमाउने समय रहेकोछ ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको तिस दिन शुभ रहोस् ।












