Ad #144479

 ३० माघ, काठमाडौं ।  राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

पुलिसका लागि सृजना खड्का, रेखा पौडेल र निर्मला विकले एक-एक गोल गर्नुभयो । मध्यान्तरअघिको खेलमा पुलिस क्लबले १–० गोलको मात्र अग्रता लिएको थियो । खेलको सातौँ मिनेटमा खड्काले पहिलो गोल गर्नुभयो ।

मध्यान्तरपछिको खेलमा पुलिसले थप दुई गोल गरेको थियो । खेलको ५४औँ मिनेटमा विकले गोल गर्दै पुलिसलाई २–० को स्थितिमा पु¥याउनुभयो । यस्तै खेलको ८५औँ मिनेटमा पौडेलले गोल गर्दै पुलिसलाई ३–० गोल अन्तरले विजयी दिलाउनुभयो । पुलिस हालसम्म नौ खेलमा १४ अङ्क जोड्दै लिगको चौथो स्थानमा रहेको छ । यस्तै चन्द्रपुर नौ खेलमा ६ अङ्कका साथ लिगको छैटौँ स्थानमा छ ।