२९ माघ, काठमाडौं । कोरोना भाइरस परिक्षणको शुल्क घटेको छ । यसअघि पीसीआर टेष्टको शुल्य २ हजार रुपैयाँ थियो तर सरकारले कोरोना भाइरस ‘कोभि-१९’को परीक्षण शुल्क एक हजार रुपैयाँमा घटाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा प्रतिपरीक्षण शुल्क समायोजन गरी एक हजार रुपैयाँ निर्धारण गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीको उपस्थितिमा बुधबार बसेको आईसीएसका पदाधिकारीसहित कोभिड-१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले यो पछिल्लो निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिए ।
[sidebar name="button post"]











