२९ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार देशभर मौसम सामान्यतया सफा रहेको छ र तराई तथा पहाडका केहि भू-भागहरुमा हुस्सु र कुहिरो लागेको छ ।
यसैगरी, आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहने पूर्वानुमान छ । भने, बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार आज राति बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
मौसम पूर्वानुमानले गरेको पूर्वानुमानका अनुसार भोलि दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
भोलि राति सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।











