२८ माघ, काठमाडौं । प्रहरी प्रधानकार्यालयले माघ २७ गतेको निर्णय अनुसार सात जना प्रहरी उपरीक्षक ‘एसपी’ हरुको सरुवा गरेको छ । जसअनुसार लामो समयदेखि रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनमा ओम प्रसाद अधिकारीको सरुवा गरिएको छ ।
विवादका कारण लामो समय चितवनमा एसपीको सरुवा हुन सकिरहेको थिएन । यसअघि नान्तीराज गुरुङको सरुवा भएपछि चितवनमा एसपीको सरुवा भएको थिएन । उनको स्थानमा अधिकारी जाने भएका छन् । गुरुङ भने दानबहादुर मल्लको स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् ।













