रमिता दंगाल
माघ २७, काठमाण्डौ। काठमाण्डौको साँखुस्थित शालिनदिमा एक महिनासम्म लाग्ने श्री स्वस्थानी माधवनारायण व्रत कथाको भोलिबाट प्रदेश यात्राका दिनहरु सुरु हुँदै छ। यस बर्ष शालीनदी मेला माघ १५ गते बाट सुरु भएको थियो।
प्रदेश यात्राको लागि आज पुरुष व्रतालुहरुले साष्टाङ्ग दण्डवत (जिउ नाप्दै )गर्दै शालीनदीबाट सकेसम्म बज्रयोगिनी मन्दिरको मूल ढोकासम्म बिदा माग्न जाने गर्दछन जसलाई स्थानीय भाषामा ‘दुंदनेगु’ भनिन्छ ।
यसरी साष्टाङ्ग दण्डवत गर्दै मुलढोका सम्म जान सकेन भने भोलि फेरी जाने शालीनदी विकास समितिका अध्यक्ष मिजेन्द्र काजि श्रेष्ठले कागेश्वरी खबरसंगको कुराकानीमा बताउनु भयो। भोलि पुरुष व्रतालुहरुले बज्रयोगिनी मन्दिर परिसरमा पनि सबै ठाउँमा साष्टाङ्ग दण्डवत गरि बासुकी नागलाई सहस्रधारा जल चढाएर फर्केर खाने खाएर पशुपति जाने उहाँले बताउनु भयो।
त्यसै गरि आज एक जान व्रतालु सहस्रधारा बोकेर साँखु मै बस्ने गरिन्छ भने तीन जना पुरुष व्रतालुहरु साष्टाङ्ग दण्डवत गर्दै अर्थात् जिउ नाप्दै बज्रयोगिनी मन्दिर परिसर सम्म जाने गर्दछन।
प्रदेश यात्राका दिनहरु :
शालिनदिबाट – बज्रयोगिनी ढोकासम्म दुंदनेगु (साष्टाङ्ग दण्डवत गर्दै जाने (माघ २७ गते मंगलबार )
साँखुबाट बज्रयोगिनी र पशुपति पुगी बास बस्ने – माघकृष्ण चतुर्दशी (माघ २८ गते बुधबार )
पशुपतिबाट फर्पिङ्ग – (माघ २९ गते शुक्रबार )
फर्पिङ्गबाट साँखु – (माघ ३० गते शुक्रबार )
साँखुबाट पनौती – फाल्गुण २ गते आइतबार )
पनौतीबाट साँखु – (फाल्गुण ३ गते सोमबार )
श्री पञ्चमी शालिनदी परिसरबाट सरस्वती स्थानसम्म दुंदनेगु (साष्टाङ्ग दण्डवत गर्दै जाने – फाल्गुण ४ गते मंगलबार )
लगला सप्तमी सम्पूर्ण व्रतालुहरु झकिझकाउ भई माधवनारायण जात्रामा सहभागी हुने पुरुष व्रतालुहरुमध्ये गुल्टिने व्रतालुले गुल्टिँदै नगर परिक्रमा गर्ने, सहस्रधारा बोक्ने व्रतालुले सँगसँगै सहस्रधारा बोक्दै नगर परिक्रमा गर्ने महिला व्रतालुहरुले सहस्रधारामा जल चढाउँदै नगर परिक्रमा गर्ने (नगरका १०८ स्थानमा जल चढाउने) फाल्गुण ७ गते शुक्रबार
द्रोण नवमी- सम्पूर्ण व्रतालुहरुलाई शालिनदि तिरमा तस्मी भोजन गराउने दिन फाल्गुण ९ गते आइतबार
भीमा एकादशी– यस दिन दुईपटक व्रत पूजा हुने । दोस्रो पटक माधवनारायण सँग नुहाउनु अगाडि महिला व्रतालुहरुले भित्ता रंगाउने कमेरो माटोले नुहाउन मिल्ने त्यस पछि फलाहार गरी साँखुबाट चाँगुनारायण स्थान प्रस्थान – (फाल्गुण ११ गते मंगलबार )
चाँगुबाट साँखु – ( फाल्गुण १२ गते बुधबार ) भिमसेन द्वादशी साँखु बजारमा भिमसेनको जात्रा हुने
३३ कोटी देवतालाई अश्वमेघ यज्ञमा निमन्त्रणा गरिने २०७७ फाल्गुण १४ गते शुक्रबार व्रत साङ्गे २०७७ फाल्गुण १४ शनिबार
मिगा : पूजा ०७७ फाल्गुण १६ गते आईतबार ( सम्पूर्ण व्रतालुहरुले माघ गाउने )
शिवरात्रि २०७७ फाल्गुण २७ गते बिहिबार ( व्रतालुहरु जाग्राम बस्ने दिन )
शिवरात्रि २०७७ फाल्गुण २८ गते शुक्रबार बिहान सबेरै बज्रयोगिनी दर्शन गरि व्रतालुहरु आ-आफ्नो घर फर्किने।
शिवरात्रि रात जाग्राम बसी बज्रयोगिनी माताको दर्शन पूजा आज गरिसकेपछि मात्रै व्रतको फल मिल्ने बिश्वास गरिन्छ।









