२६ माघ, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि नयाँ तालिका सार्वजनिक गरेको छ । निगमले फेब्रुअरी महिनाका लागि हुने उडान तालिका तय गरेको हो ।
एयरलाइन्सले काठमाडौं र नेपालगन्जलाई आधार विमानस्थल मानि विभिन्न आन्तरिक गन्तब्यमा उडान गर्ने भएको छ । तालिका अनुसार काठमाडौंबाट भोजपुर सातामा पाँच दिन (आइत, सोम, मंगल, बिही र शुक्रबार) उडान हुने छ । त्यस्तै काठमाडौंबाट दाङका लागि पाँच दिन (सोम, बुध, बिही, शुक्र र शनिबार) उडान हुने छ । काठमाडौं-ताप्लेजुङ रुटमा भने साताको तीन दिन (मंगलर, बुध र शनिबार)उडान उडान हुनेछ । काठमाडौं-खानिडाँडा रुटमा बुध र शनिबार जहाज उड्ने भएको छ ।
काठमाडौं-रुकुम आइतबार र बिहीबार, काठमाडौं – थामखर्कमा बुधबार र बिहीबार, काठमाडौं-फाप्लु आइतबार जहाज उड्ने गरी तालिका बनाइएको छ । ती गन्तब्यबाट सोही दिन जहाज यात्रु लिएर काठमाडौं फिर्ता हुनेछ ।
उता, नेपालगन्जबाट रुकुमका लागि सोमबार र बिहीबार, डोल्पा, जुम्ला, साँफेबगरमा आइतबार उडान हुनेछ । नेपालगन्जबाट सिमकोट र ताल्चामा सोमबार तथा बाजुराका लागि बिहीबार उडान राखिएको कम्पनीले जनाएको छ ।












