Ad #144479

एजेन्सी। हाल प्राय सबै व्यक्तिहरु चाँहे बच्चा होस् या ठुला व्यक्ति, हरेकलाई मोबाइल र कम्प्युटरको आदत भैसकेको छ।

मोबाइलको हामी सबैलाई यति धेरै आदत भैसक्यो कि लाग्छ मोबाइल बिना त हाम्रो दिनको सुरुवात नै हुँदैन । यस्तो बानीले हाम्रो स्वास्थ्यमा दिनहुँ नकारात्मक असर पारिरहेको हुन्छ तर, यसबारे हामि एकदमै अन्जान छौँ।

वैज्ञानिकहरुका अनुसार कम्प्युटर वा मोबाइलको स्क्रीनबाट आउने नीलो प्रकाशले हाम्रो शरीरको घडीलाई प्रभाव पारिरहेको हुन्छ । तर हाल नयाँ गरिएको एक अध्ययन अनुसार कम्प्युटर वा मोबाइलको तिब्र प्रयोगले हामीमा छिट्टै बुढ्यौलीपनको प्रभाव देखिने देखाएको छ ।

वैज्ञानिकहरुले यससम्बन्धि अध्ययन फलफूलमा लाग्ने भुसुनामाथि गरेका हुन् ।अरु भुसुनाको भन्दा स्क्रीनबाट निस्कने नीलो प्रकाशसँग साक्षात्कार गरेका भुसुनाको आयु उल्लेख्य रुपमा घटेको पाइएको थियो।