२४ माघ, काठमाडौं । राष्ट्रिय महिला लिग अन्तर्गत दोस्रो चरणको खेलहरु आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको डबल लिग अन्तर्गत पहिलो चरणका खेलहरु सकिसकेका छन् ।
लिगमा तीन विभागीय र चार नगरपालिकारमहानगरपालिका टिमसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । दोस्रो चरणको पहिलो खेलमा शनिवार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच खेल हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे खेल सुरु हुनेछ । पहिलो चरणमा आर्मीले चौदण्डीगढीलाई १२-० ले पराजित गरेको थियो ।












