Ad #144479

२० माघ, काठमाण्डौ। नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । सोमबार जस्तै सुन आज तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा पाँच सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने घटेको छ ।

आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले बढेर १४ सय रुपैयाँमा पुगेको थियो ।