Ad #144479

१९ माघ , काडमाडौं ।  राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी सावित्रा भण्डारी एक्लैले १२ गोल गर्नुभएको छ ।

भण्डारीको एक दर्जन गोलको मद्दतमा एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–० गोल अन्तरले पराजित ग¥यो । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा एपीएफले लगातार छैटौँ जीत हात पारेको हो । एपीएफका लागि भण्डारीले मध्यान्तरअघिको खेलमा हाफमा पाँच तथा मध्यान्तरपछि सात गोल गर्नुभएको हो । भण्डारीले खेलको पाँचौँ, ३२औँ, ३३औँ, ३४औँ, ३८औँ, ४७औँ, ५५औँ, ६२औँ, ६३औँ, ७२औँ, ७९औँ मिनेट तथा दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभएको हो । उहाँले यसअघिका तीन खेलमा ह्याट्रिक गोल गर्नुभएको थियो ।

यस्तै एपीएफका लागि अनु लामाले पाँच, अनिता बस्नेतले तीन तथा सरु लिम्बु र रेनुका नगरकोटीले एक÷एक गोल गर्नुभएको हो । लिगको शीर्ष स्थानमा रहेको एपिएफको छ खेलमा १८ अङ्क छ । चौदण्डीगढी अङ्कविहीन रहँदै लिगको पुछारमा रहेको छ ।