Ad #144479

१९ माघ, काठमाण्डौ। नेपाली बजारमा साताको दोस्रो दिन आज सुनको मूल्य बढेको छ।

सोमबार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य तालाको ९१ हजार ६ सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य १३ सय २० रुपैयाँ थियो।