१६ माघ, काठमाडाैं । अब विदेशबाट कोरोना खोप लगाएर आए नेपालमा क्वारेन्टाइनमा बस्न नपर्ने भएकाे छ । कोरोना भाइरसको खोप लगाएर आएमा क्वारेन्टाइनमा बस्न नपर्ने नियम ल्याइने भएको हाे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालका अनुसार मन्त्रालयले उक्त प्रस्ताव सीसीएमसी हुँदै मन्त्रिपरिषदमा लैजाने तयारी छ । खोप लगाएकाहरुलाई अनअराइभल भिसा दिने र नेपाल आइसकेपछि क्वारेन्टाइन बस्न नपर्ने नियम ल्याउन लागिएको हाे ।
नेपालमा पर्यटक आवागमन सहज बनाउन यस्तो नियम ल्याउन लागिएको ढकालले बताए । अहिले बिदेशबाट आउँदा १० दिन क्वारेन्टाइन बस्नु पर्ने प्रावधान छ । यस्तै अहिले किरिया बसेकालाइ पीसीआर परीक्षणपछि सिधै घर जान पाउने प्रावधान कार्यान्वयन गरिने भएको छ ।












