१५ माघ, जनकपुरधाम । नेपाल प्रहरीले आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा बुवालाई नियन्त्रणमा लिएको छ ।
केही दिन अघि काठमाडौका उनले छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको थाहा पाए पछि बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन दिएकी थिइन् । प्रहरीले सोही निवेदनको आरोपमा जनकपुरधामबाट बालिकाको बुवालाई पक्राउ गरेको हो ।
गत माघ १३ गते आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा बस्ने गरेका उनलाई प्रहरीले आज जनकपुरधामको रमानन्द चोकबाट पक्राउ गरिएको जनाएको छ ।
धनुषाको कमला नगरपालिका ५ स्थायी घर भएका उनले छोरीलाई कुटपिट गर्दै बलात्कार गरेर फरार भएको थिए । वृत्तले उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरेको आधारमा खोजतलास गर्ने क्रममा आज नियन्त्रणमा लिएको बताएको छ ।
[sidebar name="button post"]











