१५ माघ, काठमाडौं । सुशासन र भ्रष्टाचारको अवस्थाबारे अध्ययन गर्न स्थापित विश्वकै प्रतिष्ठित संगठन ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचार बढेको जनाएको छ । कुल १८० देशमा गरिएको अध्ययन अनुसार, नेपाल ११७ औं सूचिमा परेको इन्टरनेसनलले आज जारी गरेको प्रतिबेदनमा उल्लेख छ । गएको वर्ष नेपाल ११३ औं स्थानमा थियो ।
प्रतिवेदनले नेपालमा लगातार भ्रष्टाचार मौलाएको चित्र देखाएकोछ । प्रतिवेदनले कोरोना भाइरसको रोकथाममा समेत भ्रष्टाचार भएको र यसले लोकतान्त्रिक प्रणालीमा समेत गम्भिर क्षति पुु¥याएको उल्लेख छ ।

यसअघि नेपाल च्याप्टरले पनि नेपालमा भ्रष्टाचार बढेको प्रतिबेदन दिएको थियो । तर नेपाल सरकारले उक्त प्रतिवेदन पूर्वाग्रही र राजनीति प्रेरित भनी अस्वीकार गरेको थियो ।
पछिल्लो प्रतिवेदनका अनुसार, यो वर्ष सबैभन्दा कम भ्रष्टाचार हुने देशमा न्यूजील्याण्ड र डेनमार्क रहेका छन् । यी दुुबै देशले कुल १०० अंकमा ८८ नम्बर पाएका छन् । सन् १९९५ बाट सुरु भएको यो संस्थामा नेपाल सन् २००४ बाट सहभागी भएको हो ।









