सुन खोजेर भेटिन्छ ! पशुपतिमा सुन खोजेरै १९ वर्ष बिताएका राजु तामाङको कथा

प्रविणराज चालिसे

अहिले पनि सुन खोजेर भेटिन्छ । त्यो पनि नेपालको राजधानी काठमाण्डौमा । हिन्दु धर्मका आराध्यादेव पशुपतिनाथ रहेको वाग्मती नदि किनारमा सुन खोज्नेहरु भेटिन्छन् । उनीहरुले सुन खोजेको देख्ने अरु धेरैको ध्यान पनि तानेको हुन्छ । मानिसहरूलाई लाग्न सक्छ उनीहरूले कति सुन भेटे होलान् ? दिनहुँ सुन कति भेटिंदो हो । सुन भेट्नेहरुले कति कमाए होलान् ? उनीहरुको जीवनशैली कस्तो छ होला ? यस्तै यस्तै ।

पशुपतिनाथ र वाग्मतीले जोडेको जनजिवीका

पशुपतिमा न कामको कमि छ न कथाको । भनीन्छ, पशुपतिनाथको शरणमा गएपछी कोही भोको हुँदैन । पशुपतिमा कामको पनि कुनै कमि छैन जस्तो लाग्छ । पशुपतिमा घुम्दै गर्दा अरु धेरैले गरेका काम देखेर अनौंठो र रमाईलो दुबै लाग्छ । ती काम गर्नेहरुका कथा झन् रोचक लाग्छन् । पशुपतिमा हुँने धेरै कृयाकलाप मध्ये वाग्मतीको नदी किनारमा सुन खोज्ने कृयाकलापले धेरैको आँखा तानेको हुन्छ ।

वाग्मती नदीको किनारमा सुन खोजेरै जिवन धान्नेहरू पनी छन् । यसैमध्येका एक हुनुहुन्छ राजु तामाङ । पशुपतिको आर्यघाटमा सुन खोजेर उहाँको दैनिकी चल्छ । सर्लाहिमा जन्मेका तामाङले १३ वर्षको उमेर देखी सुन खोज्ने काम गर्दै आएको बताउनुहुन्छ । उहाँ अहिले ३२ वर्षको हुनुभयो । तामाङ भन्नुहुन्छ,‘आर्थिक अभावका कारण पढ्न लेख्न र विद्यालय जान पाइएन र पढाईमा जाँगर पनि लागेन ।

साथीहरूको लहलहैमा काठमाण्डौ आइपु्गे । काठमाण्डौ घुम्ने क्रममा पशुपतिको आर्यघाटमा आइपुगे । मैले आर्यघाट अगाडिको खोलामा मानिसहरुले सुन खोज्ने गरेको सुने र देखें पनि । अनि यो काम सहज लाग्यो र सुरु गरें ।’

कसरी भेटिन्छ सुन र भेटेपछि के गर्ने

सुरुमा त तामाङलाई सुन खोज्ने काम सजिलो र छिटो पैसा कमाइने जस्तो लागेको थियो । तर १९ वर्ष बित्यो । तामाङ जाडोमा सुन खोज्नको लागि बिहान ७ बजेदेखी ८ बजेको बिचमा पशुपति पुग्नुहुन्छ । बर्खामा पानीको सतह बढेर जाने गरेकोले नदीको किनारमा पराल ओछ्याइ सुन खोज्ने गरेको तामाङ बताउनुहुन्छ ।

सुन खोज्दै गर्दा सिक्का पैसा पनि जम्मा हुन्छ । सुन खोज्नका लागी पुराना चप्पल दुई हातमा लिने र खोतल्ने र छान्ने गरिन्छ । कहिलेकाहीँ सामुहिक रूपमा सुन खोज्ने र भेटेको सुनको पैसा बाँढ्ने गरेको तामाङ बताउनुहुन्छ । जाडोमा चिसो पानीका कारण खुट्टा फुट्ने गर्छ ।

तामाङ भन्नुहुन्छ,‘अहिलेसम्म कति सुन भेटियो पत्तो छैन । अहिलेसम्म भेट्रटाएको मध्येमा सबै भन्दा ठुलो सुन आधा तोला सम्मको हो । सुन भेटेकै भरमा परिवार पालिएको छ, दैनिकी चलेको छ । प्रायः एक हजारदेखि पच्चिस सयसम्मको सुन भेटीने गरेको छ ।’ पशुपतिमा आउने शव जलाएको कुर्ने र शवबाट फुकाल्ने गरेको सुन हेरीवरी कुरेर बस्ने गरेको तामाङ बताउनुहुन्छ । भेटेको सुन बेच्ने गरिन्छ ।

शुद्ध सुनलाई ८०० रूपैयाँ मिल्ने र कम शुद्ध सुनको ६०० रूपैयाँसम्म दिने गरेका उहाँ सुनाउनुहुन्छ । खोलामा भेटेको सुन कहिलेकाहीँ मन परेमा आफ्नो श्रीमतीलाई दिने गरेको छु ।’

सुन खोज्न नसके ज्यामी काम

बर्खायाममा खोलामा बाढी आउने गरेकोले अति खतरा हुन्छ । त्यो बेलामा ज्यामी काम गर्ने गरेको तामाङ बताउनुहुन्छ । कोरोनाको कारण भएको लकडाउनका बेला पनि उहाँले ज्यामी काम गर्नुभयो । तामाङ भन्नुहुन्छ,‘मेरो पहिलो रोजाईको काम सुन खोज्ने नै हो र दोस्रो भनेको ज्यामी काम हो । आफुले अरुलाई पनि सुन खोज्ने काम गर्छु भनेरै चिनाउने गरेको तामाङ बताउनुहुन्छ ।

[sidebar name="button post"]