१५ माघ, काठमाडौं । उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित घरबाटै उनलाई बुधबार पक्राउ गरिएको हाे । अग्रवालविरुद्ध ठगी सम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ ।
गत ३० मंसिरमा उखु किसानलाई भुक्तानी नदिने उद्योगलाई पक्राउ गरी रकम असूल्ने निर्णय गृह मन्त्रालयले गरेको थियो । यसअघि २०७५ कात्तिकमा पनि उनी उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा पक्राउ परेका थिए ।
[sidebar name="button post"]









