आज मिति वि.सं. २०७७ साल माघ १५ गते बिहीबार, कस्तो छ तपाईंको राशिफल ?

आजको तपाईंको राशिफल

आज मिति वि।सं। २०७७ साल माघ १५ गते । बिहीबार । इ।स।२०२१ जनवरी २८ तारिक । नेपाल संवत् ११४१ । पौष शुक्लपक्ष । आज काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेटमा,सूर्यास्त १७ बजेर ३९ मिनेटमा ।

मेष ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ )

माया प्रेममा बिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गरी भनेजस्तो आम्दानि गर्न सकिनेछ ।

बृष ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो )

गलत लेखाइमा अथवा गलत बुझाईले आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने भएपनि वढि नै उत्साहित हुन खोज्दा नराम्रो घट्ना घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गरे पनि नाँफा कमाउन बढि नै समय खर्चनु पर्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुने भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ ।

मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा )

विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईँको बोलिको सबैले कदर गर्नेछन् । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पतिको प्रयोग गरी आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । गित संगितमा लाग्नेहरुका लागी समयले साथ दिनेछ ।

कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो )

नयाँ प्रबिधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । बिद्यार्थी वर्गहरुका लागी मेहनेत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा बिलाशिताका सर सामान प्रयोग गरी अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखी बिछोड भएका मित्रहरुसँग भेट हुनाले दिन रमाईलो गरी बिताउन सकिनेछ ।

सिंह ( मा,मी,मू,मे,मो,टा,टी,टू,टे )

सामान्य काममा अल्झने समय रहेकोछ । अरुकै काम गर्दा आफ्नो काम थाती रहनेछ । पढाइ लेखाइमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधी उपचार खर्च बढेर जानेछ । व्यापार व्यावासायमा मन्दी आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । तरपनि विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो )

समय मध्ययम रहेकोले व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु नै राम्रो हुनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग नहुने हुनाले काम गर्न नसकेको जस्तो हुनेछ । सत्रु, मुद्दा, मामिला तथा अन्य झन्झटबाट मुक्ती मिल्ने समय नरहेकोले ख्याल गर्नुहोला । माया प्रेममा मनमुटाव बढ्न सक्छ । सवारी साधन तथा अन्य भौतिक सम्पतिहरु प्रयोग गर्दा ध्यान दिनुहोला । पढाइ लेखाइ तपाईं आफ्नै कमजोरिले बिग्रनेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )

नोकरी तथा जागिरमा आफ्नै कमजोरिले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुदा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यावसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा ईज्जत प्रतिष्ठामा कमी हुनेछ । बुवा वा बुवा सरहका मानिससँग बिवाद हुनेछ भने सरकारी सेवामा रहेर काम गर्नेहरुले बिशेष ध्यान दिनुहोला ।

बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू )

सामाजिक काम गरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ ।

धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे )

आफन्त तथा चेलि माईती बीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )

नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पती जोड्ने समय रहेकोछ । सामुहिक लगानी कर्ता भेला पारी सुरु गरिने व्यापार व्यावसाय फस्टाएर जाने तथा भनेजस्तो रुपैया पैसा कमाउन सकिने तथा जीवनस्तर सहज रुपमा अगाडी बढाउन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो हुनेछ ।

कुम्भ ( गू,गे,गो,सा,सी,सू,से,सो,दा )

स्वास्थ्यमा समस्या देखिने हुुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेकोछ । काममा ढिला शुस्ति, बैरभाव तथा आफन्तसँग विवाद हुने योग रहेकोछ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नती तथा नया काम पाउने योग केही दिनको लागी टरेर जानेछ । खुट्टा तान्ने तथा काममा विवाद सिर्जना गर्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइ अधुरै रहनेछ भने न्यायिक निर्णयहरु तपाईँको विपक्षमा फैसला हुनेछन् ।

मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची )

लामो समयदेखी थाती रहेको काम बन्नेछ भने बिभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पति संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले सकयमा कामहरु बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अली बढी मेहनेत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा बिलाशी वस्तुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको शिलशिलामा यात्रा गर्न सकिने समय रहेकोछ ।

राशिफलमा जे जस्तो भएपनि आजको तपाईंको दिन शुभ रहोस्।

[sidebar name="button post"]