जुम्लाको गोठीगाउँमा आगलागी, ३० घर जलेर नष्ट

१४ माघ, काठमाडौं । जुम्लाको तिला गाउँपालिका-७ गोठीगाउँमा आगलागीबाट ३० घर जलेर नष्ट भएका छन् । हिजो मंगलबार राति ७ बजोबाट सुरु भएको आगलागीमा दुई दर्जन जति पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

क्षतिको अन्य विवरण भने आउन बाँकी छ । आगलागी भएको ठाउँ जुम्ला सदरमुकामबाट ३५ किलोमिटर टाढा रहेको र त्यहाँ प्रहरी पुग्नसम्म २५ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।

स्थानीय परबहादुर रोकायाका अनुसार सुधारिएको चुलाको पाइपबाट छतमा भएको घासमा आगो सल्केपछि आगलागी भएको हो ।

[sidebar name="button post"]