दाताका भरमा वेदव्यास ज्येष्ठ नागरिक आश्रम सञ्चालित

१३ माघ, दमौली । व्यास नगरपालिका–५ चापाघाटमा विसं २०७० वैशाख १ गतेदेखि वेदव्यास ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ । दमौलीका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको सक्रियतामा असहाय नागरिक संरक्षण गर्ने उद्देश्यसहित आश्रम सञ्चालन गरिएको थियो ।

आश्रममा हाल चार महिला र दुई पुरुषले आश्रय लिइरहेका छन् । जिल्लाकै विभिन्न ठाउँका असहाय वृद्धवृद्धालाई आश्रममा आश्रय दिइएको छ । आश्रम सञ्चालनका लागि मासिक करीब रु ३५÷४० हजार खर्च हुने गरेको छ । वृद्धवृद्धाको स्याहारसुसारका लागि आश्रममा एक जनालाई रोजगारी पनि दिइएको छ ।

दाताको सहयोगले आश्रम सञ्चालनमा सहज भएको छ । विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगबाट आश्रम सञ्चालनमा सहज भएको आश्रमका सचिव निर्मला मल्लले जानकारी दिनुभयो । “व्यक्तिहरुले जन्मदिन, पुण्यतिथिलगायत अवसर पारेर आश्रममा सहयोग गरिरहनुहुन्छ, त्यही सहयोगको कारण आश्रम सञ्चालनमा कठिनाइ भएको छैन”, मल्लले भन्नुभयो । विभिन्न पेशा –व्यवसायमा आबद्ध महिला सङ्गठित भएर आश्रम सञ्चालन गरेको र ज्येष्ठ नागरिकलाई सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको मल्लले बताउनुभयो ।

तीस महिलाबाट शुरु भएको आश्रममा अहिलेको सदस्य सङ्ख्या ३३० पुगेको छ । असहाय एवं आर्थिक रुपमा विपन्न ज्येष्ठ नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको मल्लले जानकारी दिनुभयो ।

स्थापनाकालमा ३० महिलाले रु एकएक हजार उठाएर रु ३० हजारको अक्षयकोष स्थापना गर्नुभएको थियो । आश्रमका ज्येष्ठ नागरिकलाई खुवाउनका लागि खाद्यान्नलगायत सहयोग व्यक्ति तथा सङ्घसंस्थाले गर्दै आएको आश्रमका कार्यवाहक अध्यक्ष शकुन्तला आलेले जानकारी दिनुभयो । “देश तथा विदेशमा रहने व्यक्ति तथा विभिन्न सङ्घसंस्थामार्फत आश्रमलाई सहयोग प्राप्त हुन्छ,” उहाँले भन्नुभयो, “दाताको सहयोगले आश्रम चलाउन सहज भएको छ ।”

उहाँका अनुसार आश्रममा आश्रय लिइरहनुभएका ज्येष्ठ नागरिकको स्याहारसुसारमा कुनै कमी गरिएको छैन । केही वर्षसम्म भाडाका घरमा सञ्चालन हुँदै आएको आश्रमले अहिले आफ्नै जग्गा खरीद गरी भवन निर्माण गरेको छ । विसं २०७२ आयोजित महायज्ञबाट सङ्कलित रकमले दुई रोपनी क्षेत्रफल जग्गा खरीद गरी भवन निर्माण गरिएको छ ।

व्यास नगरपालिका–११ मूलपानीकी विमला भट्टराई आश्रममा बस्न थालेको पाँच वर्ष भयो । आश्रममा बस्दा उहाँलाई घरपरिवारमै बसे जस्तो अनुभूति हुन्छ । “विविध कारणले आश्रममा आइपुगेँ, यहाँ बस्दा आफ्नै घरपरिवारमा बसे जस्तै अनुभूति हुन्छ,” उहाँले भन्नुभयो, “हामी जस्ता वृद्धवृद्धाका लागि यो आश्रम वरदान सावित भएको छ ।”

बेल्जियमबाट रु एक लाख सहयो

म्याग्दे गाउँपालिका थर्पु निवासी पदम गुरुङ र उहाँकी धर्मपत्नी मीराले आश्रमका लागि रु एक लाख सहयोग गर्नुभएको छ । हाल बेल्जियम बस्ने गुरुङ दम्पतीले आश्रम सञ्चालनमा सहयोग पु¥याउन रु एक लाख सहयोग गरेको हो । दिदीबहिनी सक्रिय भएर सामाजिक सेवामा लाग्दा र आफूले सहयोग गर्न पाउँदा खुशी लागेको गुरुङले बताउनुभयो । गुरुङले यस अगाडि पनि आश्रमलाई रु १५ हजार सहयोग गरिसक्नुभएको छ । बेल्जियमबाट पनि आगामी दिनमा थप सहयोग गरिने। गुरुङले प्रतिबद्धता जनाउनुभयो ।

[sidebar name="button post"]